कांग्रेस प्रदेश समिति सदस्य रहेका बुढीगंगाका शिव कोइराला बालिका बलात्कारको आरोपमा पक्राउ

 न्यूज विराट
कांग्रेस प्रदेश समिति सदस्य रहेका बुढीगंगाका शिव कोइराला बालिका बलात्कारको आरोपमा पक्राउ

विराटनगर, २ माघ । बालिकालाई बलात्कार गरेको आरोपमा नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य रहेका मोरङको बुढीगंगा गाउँपालिका–२ का ५० वर्षीय शिव कोइरालालाई प्रहरीले १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आइतबार पक्राउ गरेको हो ।

बुढीगंगा गाउँपालिका–२ स्थित टंकिसनवारी घर भएका कोइरालालाई बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

उनले पीडीतको जाहेरीका आधारमा कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अघि बढाइएको बताए । प्रहरी नियन्त्रणमा रहेका कोइरालालाई सोमबार जिल्ला अदालत मोरङमा म्याद थपको तयारी गरिएको छ ।

काइरालाले १० वर्षीय बालिकालाई टंकिसनवारीस्थित बाथरुममा शुक्रबार जवरजस्ती करणी गरेको आरोप छ । कोइराला केही साता अघि विराटनगरमा सम्पन्न अधिवेशनबाट प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

कांग्रेसले सागका स्वर्ण विजेतालाई सम्मान गर्ने

काठमाडौं, ६ साउन-नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । विभागको ५ साउनमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग...

‘सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयार छ’

काठमाडौं, ४ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।  मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका...

प्रदेश १ मन्त्रीपरिषद बैठकः चर्को आलोचना हुने विषय लुकाएर अरु निर्णय सार्बजनिक, मन्त्रालय फुटाउने निर्णय ‘गुपचुप’

विराटनगर, १७ माघ । पाँचदलिय गठबन्धन नेतृत्वको प्रदेश सरकारले चर्को आलोचना हुने विषय लुकाएर अरु निर्णय मात्र सार्बजनिक गरेको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले सत्ता गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयहरु फुटाएर १२ वटा बनाउने...

बास्केटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन एकेडेमीलाई

विराटनगर । प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन एकेडेमीले हात पारेको छ । विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा मंगलबार सम्पन्न भएको फाइनलमा पुरुष र महिलातर्फ चिल्ड्रेन एकेडेमीले प्रतियोगिताको उपाधि जितेको हो । पुरुषतर्फ...

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

अर्घाखाँची, २३ साउन-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति...

नेकपा विभाजन नहुने निर्वाचन आयोगको संकेत

काठमाडौं, २५ पुस-नेकपा प्रधानमन्त्री ओली र प्रचण्ड–माधव नेपाल दुवै समुहले आधिकारीक नेकपा आफ्नो भएको दावी गरेपनि कानुनी रुपमा भने विभाजन नहुने संकेत देखिएको छ । केन्द्रदेखि वडा तहसम्म विभाजन भई अलग अलग कार्यक्रम तथा गतिविधि...

नयाँ मन्त्रीहरूको सपथग्रहण

काठमाडौं, जेठ २१ -नवनियुक्त मन्त्रीहरूले सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित बिशेष समारोहबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । यस्तो...

किशोरी बलात्कार आरोपी ६ महिनापछि पक्राउ

काभ्रेपलाञ्चोक, ११ वैशाख-सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएर हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने १ किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा ६ महिनादेखि फरार ३ जनालाई बुधबार पक्राउ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्