आज माघे सङ्क्रान्ति, यस्ताे छ धार्मिक महत्व

 न्यूज विराट
आज माघे सङ्क्रान्ति, यस्ताे छ धार्मिक महत्व

मकर सङ्क्रान्ति पर्व आज मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमासमेत प्रयोग गरिन्छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्य अन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष माघ ३ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमास अनुसार माघ महीनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् ।

सम्बन्धित समाचार

लकडाउनका बेला लागुऔषधको कारोबार, २ जना पक्राउ

विराटनगर, २९ चैत-लकडाउनको मौका छोपी लागुऔषधको कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय सन्दीप राई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो...

प्याब्सन र न्यूरोबीच समझदारी, न्यूरोले सौलियतमा उपचार गर्ने

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ । सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको...

आरडीटीका लागि मुस्लिम पहिचान गरिँदै

काभ्रेपलाञ्चोक, ९ वैशाख-स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिरहेका हुन् ।...

लक्षण नै नदेखिई निको भएर घर फर्किए ४ संक्रमित

काठमाडौं, ८ जेठ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट निको भएर बिहीबार ४ जना घर फर्किए । ४ जनामै सुरुदेखि नै लक्षण देखिएको थिएन । तर कोरोना भाइरस पोजिटिभ देखिएको थियो । डिस्चार्ज हुँदा उनीहरुका परिवार...

कण्डम दिवसमा विराटनगरमा सचेतना कार्यक्रम

विराटनगर । २८ औं राष्ट्रिय कण्डम दिवसमा विराटनगरमा विभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गरी मनाएको छ । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले आज विराटनगरमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम...

देशभर एकै दिन थपिए २ हजार २० संक्रमित

काठमाडौं, २ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार, तीन वर्षमा २४८ जनाको शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसील भएका विरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा....

प्रदेश २ सरकारले बलिदानी दिवस मनाउने

जनकपुरधाम, पुस २४–प्रदेश २ सरकारले माघ ५ गते वीरगंजमा बलिदानी दिवस बनाउने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा शहादत प्राप्त सहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस वीरगंजमा मनाउने निर्णय भएको हो । बिहीबार बसेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्