काठमाडौं, २० पुस । ‘नागरिक उन्मुक्ति पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन दर्ता भएको छ ।
निलम्बित सांसद रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन दिएकी थिइन् । श्रेष्ठ अध्यक्ष रहेको पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ । दल दर्ता हुने वा नहुनेबारे निर्वाचन आयोगले ४५ दिनभित्रमा निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसअघि सोमबार दल दर्ताका लागि निवेदन दिन चौधरीका समर्थक बाजागाँजासहित निर्वाचन आयोगमा पुगेका थिए । कैलालीको टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने हाल डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका छन् ।