‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

 न्यूज विराट
‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं, ४ पुस । ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका नेता हुन् । उनी तत्कालीन फोरमको केन्द्रीय सदस्य थिए ।

कांग्रेस प्रवेश गरेपछि लामालाई कांग्रेसले काभ्रे क्षेत्र नं. १ (ख) बाट वाग्मती प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । उनीमाथि रक्तचन्दन तस्करीदेखि फिरौती र ठेक्कापट्टा असुलीसम्मको कारोबारमा संलग्न भएको प्रहरीको आरोप छ ।

सम्बन्धित समाचार

ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडीमा आक्रमणको प्रयास

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ। सोमबार विभिन्न कार्यक्रममा सहभागी हुन ओखलढुङ्गा पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशीको विरोधमा आन्दोलन गरिरहेका असन्तुट पक्षले आक्रमणको प्रयास गरेका हुन । स्थानीयबासीका...

विराटनगरको सिद्धार्थ स्कुलमा सिद्धार्थ प्रिमियर लिग, यल्लो र ब्लु हाउस विजयी

विराटनगर । विराटनगरस्थित सिद्धार्थ स्कुलमा सिद्धार्थ प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । स्कुलमा परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।प्रतियोगितमा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले भाग लिएका छन् । लिगको आधारमा प्रतियोगिता...

देशभर थप ८९८० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५ लाख नाघ्यो

काठमाडौं, ८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार १०५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्...

द्वन्द्वपीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर : मानवअधिकार आयोग

काठमाडौं, ४ मंसिर-राष्ट्रिय मानव अधिकार आयोगले द्वन्दपीडितहरूको न्यायप्राप्तिका अधिकार सुनिश्चित गर्न माग गरेको छ । विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको १४ वर्ष पुगेको स्मरण गराउँदै आयोगले त्यसबारेमा सरकारलाई त्यसबारेमा सचेत हुन आग्रह गरेको हो...

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिप्रति कर्मचारी संगठनको विरोध

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केही दिन अगाडि दिएको अभिव्यक्तिप्रति नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले विरोध गरेको छ । मुख्यमन्त्री कार्कीले मोरङको सुन्दरहरैंचामा रहेको एक विद्यालयमा आयोजित कार्यक्रममा फष्ट बेञ्चरहरु खरदार...

झापाका चोकबजार सुनसान

विराटनगर, चैत ११–लकडाउन शुरु भएसँगै झापाका बजार चोकहरु समेत सुनसान बनेका छन् । लकडाउन सुरू भएसंगै बिहानै देखि अस्तब्यस्त हुने झापाका बजारहरु, राजमार्ग, चोक तथा सार्वजनिक स्थलहरू सुनसान भएका छन् । झापाका मुख्य शहरहरु बिर्तामोड,...

विराटनगर महानगरमा सरसफाई अभियानलाई तीब्रता

विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार विहानको समयमा सरसफाई अभियान अनुसार आज विराटनगर महानगरपालिकाको बस पार्क क्षेत्रमा सफाई अभियान सञ्चालन गरियो । बस पार्क टोल...

मिल्स क्रिकेट प्रतियोगिता : दिल्ली र काठमाण्डौं क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाण्डौ क्रिकेट क्लबले विजय सुरूवात गरेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्