नेकपा (एमाले) मोरङको अधिवेशन आगामी पुष २३ र २४ गते विराटनगरमा हुने, तयारी तीब्र

 न्यूज विराट
नेकपा (एमाले) मोरङको अधिवेशन आगामी पुष २३ र २४ गते विराटनगरमा हुने, तयारी तीब्र

विराटनगर, १ पुस । नेकपा (एमाले) मोरङको नवौं जिल्ला अधिवेशन आगामी पुष २३ र २४ गते विराटनगरमा हुने भएको छ । बिहिबार बसेको नेकपा (एमाले) मोरङको बैठकले केन्द्रीय सर्कुलर अनुसारनै आगमी पुष २३ र २४ गते विराटनगरमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति बनाई जिम्मेवारी समेत बाँडफाँड गरिएको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो ।

अध्यक्ष पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकले अधिवेशनका लागि विभिन्न जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । मोरङको कम्यूनिष्ट आन्दोलनको इतिहाससहितको राजनितिक प्रतिवेदन बनाउन यज्ञ शर्मा, ताराबहाहदुर काफ्ले, अर्जुन अधिकारी, रुपेश खतिवडा, महेन्द्र बिष्ट, एकराज भट्टराई, गणेश दाहाल, इरान राई र नरेन्द्र बराल रहेको समिति बनाइएको छ ।

यस्तै लेखा परिक्षकको नियुक्ति गर्दै केन्द्रीय सदस्य तथा तात्कालिन एमाले मोरङका उपाध्यक्ष रामलाल साह र नरेन्द्र बराललाई लेखा परिक्षण तयार गर्ने जिम्मेवारी दिइएको छ ।

त्यस्तै प्रतिनिधि व्यवस्थापन समितिमा महेश भट्टराई, प्रचार समितिमा रुपेश खतिवडा, खाद्यान्न र आवास व्यवस्थापनमा बाबुराम कार्की, मञ्च, हल र स्वयंसेवक व्यस्थापनमा पर्शुराम बस्नेत, अतिथि सत्कार समितिमा धर्मानन्द सञ्जेलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

यस्तै बैठकले आगामी पुष १० गतेभित्र पार्टी सदस्यहरुको व्यस्थापन गरिसक्ने तथा १७ वटै पालिकाको बैठक पुष ५ गते सम्पन्न गर्ने निर्णय गरेको छ । यस्तै सवै वडा शाखाको बैठक पुष ७ गते सम्पन्न गर्ने र पुष ९ गते अधिवेशनको प्रचार स्वरुप हरेक वडाका मुख्य ५ वटा चोकमा झण्डा फहराउने निर्णय समेत भएको छ ।

यसैगरि पुष ११ गते सवै वडास्तरीय पार्टी सदस्यको भेला गर्ने र पुष १७ गते सवै वडा तथा शाखामा प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ । ३५ हजार संगठित सदस्य रहेको मोरङमा एमालेले प्रत्येक ५० जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि छनौट गर्दा ३३ प्रतिशत महिला सहित दलित, अल्पसंख्यक, अपाङ्गतासहितको पूर्ण समावेशी अनिवार्य हुनुपर्ने छ भने मजदुर÷पेशागत क्षेत्र र जनसंगठनहरु सवैमा ५÷५ जनाका दरले प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था गरिएको छ । अधिवेशन सम्पन्न गर्न आवश्यक आर्थिक संकलन भने पार्टी भित्रैबाट गर्ने निर्णय भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

यसका लागि आयोजक तथा प्रतिनिधिबाट प्रतिव्यक्ति एक हजार तथा हरेक संगठित सदस्यबाट ५० रुपैयाँ सहयोग संकलन गर्ने एमाले मोरङले निर्णय गरेको छ ।

यसैगरि जिल्ला कमिटी बैठकले मोरङ जिल्ला कमिटीमा रहेर केन्द्रीय कमिटीको जिम्मेवारीमा पुग्ने नेताहरुलाई विदाई गरेको छ । मोरङको उपाध्यक्ष रहनुभएका रामलाल साह केन्द्रीय सदस्य, धना तामाङ प्रदेश समिति उपसचिव, यस्तै केन्द्रिय अनुशासन आयोगमा चयन हुने लक्ष्मी भण्डारी र राजमति इङ्नामलाई बधाईसहित विदाई गरेको हो ।

यस्तै पार्टीको स्थायी समिति सदस्य तथा प्रदेश समितिमा चयन हुने नेताहरुलाई समेत अभिनन्दन गरिएको छ । सोहि बैठकले मोरङ जिल्ला कमिटीको उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडालाई चयन गर्दै १६५ सदस्सीय नवौ जिल्ला अधिवेशन आयोजक कमिटी निर्माण गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

बैठकमा नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु देवराज घिमिरे, गुरु बराल, लालबाबु पण्डित, भानुभक्त ढकाल, डा. शिवमाया तुम्बाहाम्फे, हिक्मत कार्की, केन्द्रीय सदस्यहरु विनोद ढकाल, जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा र तारा राईलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

यसैबिच आजको बैठकलाई केहि जिल्ला कमिटि सदस्यहरुले बहिस्कार गरेको विषयमा भने अध्यक्ष ऋषिकेश पोखरेलले आफूलाई जानकारी नभएको र त्यस्तो कुनै गुनासो रहेको पाइए सम्बोधन गर्ने समेत बताउनुभएको छ ।

सम्बन्धित समाचार

मोरङको धनपालथानबाट १ हजार ५ सय केजी गाँजा बरामद

विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट १ हजार ५ सय...

दोस्रो मिल्स भेट्रान्स गोल्डकपको उपाधि ग्रामथानलाई

विराटनगर । दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको ग्रामथान भेट्रान्सले जितेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा हाम्रो धरान भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै ग्रामथान भेट्रान्सले उपाधि जितेको हो...

रोटरी भवनमा मानसिक स्वास्थ्य सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरी भवनमा मानसिक स्वास्थ्य समन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा प्रख्यात मनोचिकित्सक डा. राजन मिश्राले मानसिक स्वास्थ्यमा देखा पर्ने समस्या र समाधानका उपायबारे प्रकाश पारे...

पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि...

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

विराटनगर, २९ वैशाख-प्रदेश-१ का छुट्टाछुट्टै २ स्थानमा भएका घटनामा २ जनाको ज्यान गएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका-१६ का ३५ वर्षीय विष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार विहान समयमा घर छेउमै रहेको...

हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज...

थारू संस्कृति ठूलाे सम्पति भएकाेले काेशी सरकारले संरक्षण गर्छ :  मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले...

स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्र्तक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्