विराटनगरमा ४ सहित प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ४ सहित प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

विराटनगर, २४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको मेचीनगर र विर्तामोडमा ३–३, बुद्धशान्ति र बाहृदशीमा १–१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरेमा १, सुनसरीको इटहरीमा ३ र धरानमा १, पाँचथरको मिक्लाजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र १२ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सेनाको हेलिकोप्टरबाट कालापानी जाँदै आज सशस्त्रको टोली

काठमाडौं, ३१ वैशाख-सशस्त्र प्रहरीको टोली आज दार्चुलाको कालापानी सीमा क्षेत्रमा जाने भएको छ । ५० गुल्म दार्चुलाबाट २५ जना सशस्त्र प्रहरीको टोली नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट सदरमुकाम खलंगाबाट ब्यास गाउपालिका–१, छाङरू हुँदै त्यसतर्फ जान...

सुनसरीमा ५६ संक्रमित थपिए

विराटनगर, १६ भदौ–सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।...

कृषि क्षेत्रमा नविनतम कार्यक्रमः मन्त्री आङ्बो

विराटनगर, असार २–प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले कृषि क्षेत्रमा सरकारले नविनतम कार्यक्रम ल्याएको दाबी गरेका छन् । मंगलबार विराटनगरमा पत्रकारहरूसँग छलफल गर्दै मन्त्री आङ्वोले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखि उत्पादन वृद्धि र...

कोरोना बीमा मापदण्ड संशोधन गर्न कार्यदल गठन

काठमाडौं, २१ भदौ-बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ का केही विषय सच्याउन बीमा समितिले कार्यदल बनाएको छ । समितिले अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमक संघ, सरोकारवाला निकायअन्तर्गतका उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित संयुक्त रूपमा...

दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर । विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् । वडास्तरमा पनि १ करोडभन्दा माथिका...

कपनबाट डेढ लाख थान मास्क बरामद

काठमाडौं, चैत २–प्रहरीले काठमाडौंको कपन क्षेत्रबाट १ लाख ५० हजार थानभन्दा बढी मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसरका डीएसपी होवीन्द्र बोगटीका अनुसार कालो बजारीका लागि स्टक गरिएका डेढ लाखभन्दा बढी मास्क बरामद गरिएको...

दुई महिना खाना र ५ हजार दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा

एजेन्सी, २१ वैशाख । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । कोरोना महामारीले संकटमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन...

पुरुषको बेवारिसे शव फेला

जनकपुरधाम, १७ वैशाख-धनुषामा पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका-७ स्थित देवडीहामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्