खोप नलगाएकालाई भारत प्रवेशमा रोक

 न्यूज विराट
खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी, १९ मङ्सिर-भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिनुभयो ।
“भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ ।” देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ । उहाँले भन्नुभयो, “कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ ।”
भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ । खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ ।
यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो ।
सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ । जिल्लामा हाल दुई जनामात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।

सम्बन्धित समाचार

खोप लगाउन १५ माघपछि चार दिन विद्यालय खोल्ने सरकारकाे निर्णय

काठमाडौं, ५ माघ । सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि...

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र दुवैलाई बोलाउने

निर्वाचन आयोगले नेकपा (एमाले) र माओवादी केन्द्रलाई पत्र पठाउने तयारी गरेको छ । सर्वाेच्च अदालतले नेकपा नामसम्बन्धी विवादको छिनोफानो गर्दै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो । आयोगले दुई पार्टी एकीकृत भई बनेको नेपाल...

अब विराटनगरबाटै ड्राइभिङ लाइसेन्सको लिखित र ट्रायल

विराटनगर, १२ साउन । अब प्रदेश १ को राजधानी विराटनगरबाटै सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परिक्षा हुने भएको छ । प्रदेश १ यातायता व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट...

महानगरको डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।महानगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरेर आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु...

सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा

विराटनगर, २ कात्तिक । सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा परेको छ । इटहरीस्थित बिभिन्न खोलाहरूमा आएको बाढीका कारण शहरदेखि भित्री गाउँसम्म डुबानमा परेको हो । वर्षाका कारण इटहरीका अधिकांश भूभागहरू जलमग्न बनेका छन्...

देशव्यापी प्रदर्शनका लागि कांग्रेसले तोक्यो शीर्ष नेताको सम्बोधन क्षेत्र

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले २९ मंसिरमा गर्न थालेको देशव्यापी प्रदर्शनको लागि शीर्ष नेताको कार्यक्षेत्र तोकेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० नाराका साथ शीर्ष नेता कुन जिल्लामा गएर सम्बाेधन गर्ने भन्ने विषय तोकिएको जानकारी दिए ।...

कटहरी १ मा वडा कार्यालयको आफ्नै भवन बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ नं. वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण सुरू भएको छ ।७२ लाख २० हजार ३ सय ८६ रुपैया लागतमा निर्माण हुन लागेको भवनको शुक्रबार शिलान्यास भएको हो । कटहरी...

सबै जिल्ला प्रशासनलाई निषेधाज्ञाको अधिकार

काठमाडौं, २ भदौ-संघीय सरकारले काठमाडौं उपत्याकासहित सबै जिल्लाहरू जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बै्ठकको निर्णय सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय प्रशासन ऐन,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्