प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको छः मुख्यमन्त्री राई

 न्यूज विराट
प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको छः मुख्यमन्त्री राई

विराटनगर, १५ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । प्रदेश नं १ आइटिफ तेक्वाण्डो सङ्घको २० औं बार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित उत्कृष्ट महिला र पुरुष खेलाडी, प्रशिक्षक , जिल्ला र डोजाङलाई सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले खेलकूदलाई प्रविधिसंग जोडी व्यवसायिकरण गरी आय आर्जनको माध्यम बनाउनमा विशेष ध्यान दिने धारणा राख्नु भयो ।

मुख्यमन्त्री राईले ताइकाण्डोले दक्षिण एशियाली खेलकूद र एसियन खेलकूद प्रतियोगितामा नेपालले सवैभन्दा धेरै पदक जित्न सफल भएको स्मरण गराउनु हुदै ओलम्पिक प्रतियोगितामा पदक जित्ने लक्ष्यका साथ कार्य गर्नु पर्ने आवश्यक्ता औंल्याउनु भयो ।

उहाँले प्रदेशका दुर्गम क्षेत्रमा खेलकूद सामाग्रीको अभावका कारण खेलाडीहरुको प्रशिक्षणमा समस्या भएको चर्चा गर्दै आगामी दिन सरकारले यसका लागि थप बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मुख्यमन्त्री राईले प्रदेशमा खेलकूद अधिकतम प्रतियोगिता गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिदै बजेटको सही ढंगले सदुपयोग गर्न आग्रह गर्नु भयो ।

प्रदेशका मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले खेलकूदको विकासका लागि आवश्यक बजेटको व्यवस्थाका लागि कानून परिमार्जन गर्ने विश्वास दिलाउनु भयो । आइटिफका तेक्वाण्डोका प्रदेश अध्यक्ष प्रवीणकुमार कार्की, नेकपा एकिकृत (समाजवादी)का पोलिटव्यूरो सदस्य महेश रेग्मी, आइटिफएकका प्रदेश उपाध्यक्ष चतुरलाल चौधरी र रविन नगरकोटीले राष्ट्रको पहिचान दिलाउन ताइकाण्डोले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश उत्कष्ट महिला खेलाडीमा झापाकी दीक्षा लिम्वु, पुरुष खेलाडीमा झापाका मिशन श्रेष्ठ,प्रशिक्षकमा राजेन्द्र धिमाल मोरङ,उदयमान प्रशिक्षक नितेश खवास मोरङ , उत्कष्ट जिल्लामा सुनसरी र उत्कृष्ट डोजाङमा मोरङको कानेपोखरीलाई सम्मान गर्नु भएको थियो ।

आइटिफ प्रदेशको १२ जिल्लामा चार सय महिला सहित एक हजार एक सय खेलाडीले दैनिक प्रशिक्षण लिइरहेका छन् । संङ्घले बार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी रुपमा विभिन्न जिल्लामा प्रतितियोगिता, रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौं, ११ भदौ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरिएको । २४ भदौदेखि लागू हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७...

महिला क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा मोरङ र इलाम विजय

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् । पहिलो खेलमा मोरङले...

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्याे, एकै दिन थपिए ११ संक्रमित

काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १...

आगलागीबाट १३ लाखको क्षति

पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको छ । मंगलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची...

कोरोना महामारी : एकै दिनमा ६१ हजार संक्रमित, ४ हजारको मृत्युु

देखिएको करिव ४ महिना हुँदा समेत कोराना नियन्त्रणका अनेकौ प्रयासले अपेक्षित सफलता पाउन सकेका छैनन् ।अघिल्लो दुई महिनामा देखिएको संक्रमितको संख्या र मृत्यु भन्दा पछिल्लो २ दिनमा बढी छ । आजमात्रै कोरोनाको कारण विश्वभर करिव...

लकडाउन खुकुलो भएसँगै इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

एजेन्सी, बैशाख १५-कोरोना भाइरसको महामारीसँग ठप्प बनेको युरोपेली फुटबल पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै प्रशिक्षण सुरु गर्ने भएका...

विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

विराटनगर, माघ २३–‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ भन्ने मूल नाराका साथ विराटनगरमा बिहीबारदेखि राष्ट्रिय वैज्ञानिक सम्मेलन सुुरु भएको छ । दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका ३ सयभन्दा बढी जीव वैज्ञानिक तथा...

गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य

विराटनगर । विराटनगर – ५ स्थित किड्स भिलेज स्कुल र बुढीगंगा गाउँपालिका – १ पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सहकार्य भएको छ ।अब दुवै विद्यालयले विराटनगरको शिक्षालाई प्रि–प्राइमरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्