सुनसरी एमालेको बिवाद मिल्यो, सर्वसम्मत छानिए ४२ जना महाधिवेशन प्रतिनिधि

 न्यूज विराट
सुनसरी एमालेको बिवाद मिल्यो, सर्वसम्मत छानिए ४२ जना महाधिवेशन प्रतिनिधि

सुनसरी, मंसिर ४ । – नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि सहमतिमा नै प्रतिनिधि चयन गरिएको हो ।

चितवनमा हुने पार्टीको १०औँ केन्द्रीय महाधिवेशनमा सुनसरीबाट ४२ जनाले प्रतिनिधित्व गर्ने छन् । जिल्ला निर्वाचन सहयोग समितिका संयोजक शिवराज चौहानका अनुसार सुनसरी क्षेत्र १ बाट खुलातर्फ ६ जना र महिलातर्फ तीन जना गरी ९ जना प्रतिनिधि चयन भएका छन् ।

खुल्लातर्फ जयकुमार राई, रमेश बस्नेत, विजय राई, मीनकुमार सुब्बा, राम आङबुहाङ र योग्यराज खड्का छनौट हुनुभएको छ । यस्तै, महिलातर्फ वीणा खनाल, रुफिना गुरुङ (राई) र लहरु माया जिमी पनि प्रतिनिधि छनौट हुनुभएको छ । यस्तै क्षेत्र नम्वर २ मा खुलातर्फ ८ जना र महिलातर्फ ३ जना प्रतिनिधिमा चयन भएका छन् । खुल्लामा खेमराज पोखरेल, रेवतीरमण भण्डारी, सर्वध्वज सावाँ, पोष्ट कुमार नेपाल, सरोज पोखरेल, पर्शुराम यादव, गुणराज काफ्ले र द्धारिकलाल चौधरी हुनुहुन्छ । महिलातर्फ लक्ष्मी गौतम, अमृता सुब्बा निरा खनाल रहनुभएको छ ।

यसैगरी, क्षेत्र नम्वर ३ मा खुलातर्फ लिलम बस्नेत, भीम सुवेदी (सागर), भुवन पोखरेल, भूमिनारायण चौधरी, खड्गनारायण उराँव र रामदेव यादव प्रतिनिधिमा चयन भएका छन् । महिलातर्फ निर्मला काफ्ले, सुजला गुरुङ र दुर्गी सरदर रहनुभएको छ ।

निर्वाचन क्षेत्र नम्वर ४ मा खुलातर्फ निलम खनाल, बद्रीनाथ घिमिरे, कालूराम गुरुङ, ललितबहादुर थापा, लस्करी अन्सारी र अजय कुसियैत महाधिवेशनमा प्रतिनिधि चयन हुनुभएको छ भने महिलातर्फ कौशिल्या माझी, शकुन्तला भण्डारी र होमकुमारी श्रेष्ठ चयन हुनुभएको छ । यस्तै दलिततर्फबाट धनबहादुर विश्वकर्मा, सुमन मग्राती, पार्वता बराइली र लालबहादुर सेन्चुरी चयन हुनुभएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको...

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

अर्घाखाँची, २३ साउन-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति...

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । विराटनगर २ स्थित बुढानीलकण्ठ माध्यमिक विद्यालयमा सोमबार शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाफल वितरणको अवसरमा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । विगत ४१ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले...

एसइई परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ । सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा...

’फरार’ सिद्धबाबाले गरे आत्मसमर्पण

काठमाडौं, फागुन २०–उच्च अदालत, बिराटनगरले आफूलाई थुनामा पठाउने आदेश दिने छनक पाएपछि फरार भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका गिरीले जिल्ला अदालत, सुनसरीमा मंगलबार आत्मसमर्पण...

‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’

काठमाडौं, २८ असार-भारतीय न्यूज च्यानलहरूमाथि लागेको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने...

झापाकाे काँकरभिट्टास्थित जुत्ता कारखानामा भीषण आगलागी

विराटनगर, २० माघ । झापाकाे काँकरभिट्टामा रहेको एक जुत्ता कारखानामा आगलागी भएकाे छ । मेचीनगर- ६ काँकरभिट्टाकाे एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको हाे । आगलागी नियन्त्रणकाे प्रयास भइरहे पनि नियन्त्रण हुन सकेकाे छैन...

२४ घण्टामा थप ४३९२ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ८८ हजार नाघ्यो

काठमाडौं, ३० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्