नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको पूर्ण बैठक विराटनगरमा सम्पन्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि अविलम्ब फिर्ता लिन माग

 न्यूज विराट
नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको पूर्ण बैठक विराटनगरमा सम्पन्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि अविलम्ब फिर्ता लिन माग

विराटनगर, २ मंसिर । नेकपा एमाले प्रदेश १ ले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ ।

विराटनगरमा आज सम्पन्न नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको पूर्ण बैठकमा सो माग गरिएको हो । बैठकले व्यक्तिको आम्दानीको स्रोत देखाउनु नपर्ने, उद्योग सञ्चालनलगायतका क्षेत्रमा लगानी देखाउनु नपर्नेजस्ता आर्थिक अपचलनका कामहरुलाई समेत अविलम्ब फिर्ता लिन माग गरेको छ ।

बैठकले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको प्रकाशमा नेपाल समाजमा यसको मौलिक प्रकृतिको समाजवादको आधारशीला निर्माण गर्ने दृढ संकल्प अघि सारेको नेता राजेन्द्र गौतमले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

बैठकलाई संविधानसभा अध्यक्ष एवं पार्टी स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, १ नं. प्रदेश इञ्चार्ज भीम आचार्य र केन्द्रीय नेता भानुभक्त ढकालले सम्बोधन गरेका थिए ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मंसिर १०–१२, चितवनको विषयगत व्यवस्थापनको आन्तरिक तयारीसम्बन्धी उल्लेख्य निर्णय लिएको यो बैठकले प्रदेश कमिटीको तर्फबाट भूगोल, मजदूर, महिला, दलित आदि समुदायको निश्चित संख्यामा प्रतिनिधि छनौट गरेको छ । एमालेको महाधिवेशन व्यवस्थापनसम्बन्धी पार्टीको प्रदेश कमिटी एउटा निर्वाचन क्षेत्र रहने व्यवस्था रहेको छ ।

प्रदेश कमिटीको बैठकमा केन्द्रीय सदस्यहरु गुरु बराल, जीवन घिमिरे, शेरधन राई, हिक्मत कार्की, देवेन्द्र दाहाल, विशाल भट्टराई, भगवती चौधरीलगायत दर्जनौं नेतृत्वको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

रानी मिनी महोत्सवमा चर्चित कलाकार अन्जु कुश्मी आउने, प्रणय– दिवसमा धमकेदार प्रस्तुती दिइने

विराटनगर । विराटनगर १५ गौतम बुद्ध स्कुल अगाडी सुरु भएको रानी मिनी महोत्सवमा चर्चित  चर्चित गायिका तथा मोडल अन्जु कुश्मीको प्रस्तुती रहने भएको छ । फागुन २ गते प्रणय – दिवसको दिन उनले उक्त महोत्सवमा...

आज १ हजार १७२ जनामा कोरोना, १८ सय ९३ जना डिस्चार्ज

काठमाडौं,  ७ असोज-गत २४ घण्टामा नेपालमा एक हजार एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४९ को पीसीआर गर्दा आज एक हजार एक सय ७२ जनामा कोरोना पुष्टि...

सुनसरीमा ५६ संक्रमित थपिए

विराटनगर, १६ भदौ–सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।...

डनबस्को स्कुललाई प्याब्सन विराट कपको उपाधि

विराटनगर । ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको डनबस्को स्कुलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै डनबस्को स्कुलले उपाधि जितेको हो । उपाधिसँगै...

जिल्ला कारागार झापाका १० कैदीबन्दीमा कोरोना

झापा, ९ असोज-जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा आज थपिएका १४ जना संक्रमितमध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन...

१ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ जेठ-बिहीबार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । आज १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले देशका...

बुद्धोदय सहकारीको नाफा ५९ लाख ५२ हजार

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी सस्था लि. ले ५९ लाख भन्दा बढी नाफा कमाएको छ । सहकारीको स्थापना दिवस तथा १६ औं वार्षिक साधरण सभामा प्रतिवेदन पेश गर्दै आर्थिक...

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

विराटनगर, २४ साउन । प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा उठेका प्रश्नको भूमी, व्यवस्था, कृषि तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्