एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

 न्यूज विराट
एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

राँझा, २७ कात्तिक-पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ ।
एक वर्षमा १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर होमनाथ भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार, भारत सरकारको रु दुई अर्ब ३५ करोडमा भारतकै राजदीप विल्डकन प्रालिले दुई वर्षमा सक्ने गरी काम थालेको छ । कम्पनीले काम थालेको एक वर्ष बित्दा पनि निर्माणले गति लिन सकेको छैन ।
एकीकृत भन्सार जाँच चौकी निर्माण कार्यमा ढिलाइ हुँदा मालवाहक सवारी साधन जाँचपासमा समस्या हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधिलगायत भन्सारसँग सम्बन्धित काममा कठिनाइ हुन पुगेको छ ।
कोरोनाले काममा चार महिना ढिलाइ गरेको बताउँदै निर्माण कम्पनीले भारत सरकारसँग चार महिना थप समय माग गरेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर भुसालले बताउनुभयो । अहिले एकीकृत जाँच चौकीसम्म पुग्ने सडक र पर्खाल लगाउने काम सँगसँगै भइरहेको छ ।
दुई दशमलव दुई किलोमिटर लम्बाई र ६० मिटर चौडाइ भएको उक्त सडकमा बीच बिन्दूबाट १२ मिटर कालोपत्रे गरिने इन्जिनियर भुसालको भनाइ छ । कूल ८८ बिघा क्षेत्रमा फैलिएको आइसीपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टाइन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायतका संरचना निर्माण हुन लागेको छ ।
एकै ठाउँबाट सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्य रहेकाले जाँच चौकी निर्माणसँगै ट्राफिक जाम नहुनुका साथै व्यापारीलाई ठाउँ–ठाउँमा जाँचको लागि जाने झमेला नहुने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो । सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न नेपाल–भारत बीच सम्झौता भएको थियो ।
नेपालको विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जमा आइसीपी निर्माण गर्ने सम्झौता भएको थियो । विराटनगर र वीरगञ्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसके पनि नेपालगञ्ज र भैरहवाको काम सँगसँगै अगाडि बढेको इन्जिनियर भुसालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

बहराइनमा २४५ नेपालीमा कोरोना संक्रमण

काठमाडौं, २४ वैशाख-नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो १ साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमणण पुष्टि भएको छ । यही १९...

युवा संघका कार्यकर्ताले गरे रूपन्देहीमा माधव नेपालको पुतला दहन

रूपन्देहीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गरिएको छ । बुधबार साँझ एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवलको ट्राफिकचोकमा नेता माधव नेपालको पुतला दहन गरेको हो । प्रतिपक्ष दललाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको...

सुनवर्षी मेयर कप क्रिकेटको उपाधी वडा नम्बर ८ लाई

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा सम्पन्न तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ लाई पराजित गर्दै सुनवर्षी–८ ले यस वर्षको उपाधी...

प्याब्सन विराट कप, डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा दुई वटा स्कुल सेमिफाइनलमा पुगेका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा...

गभर्नरमा तीन जनाको नाम सिफारिस

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको गभर्नर छनोट समितिले ३ जनाको नाम छनोट गरेको छ । गभर्नरको अवकाश भएको १९ दिनपछि छनोट समितिले ३ जनाको नाम टुंग्याएको हो । अर्थमन्त्री खतिवडासहित पूर्वअर्थसचिव कृष्णहरी बाँस्कोटा र...

विराटनगरको शैक्षिक शान : मेरिल्याण्ड कलेज

विराटनगर । भनिन्छ अबको युग व्यवस्थापनको हो । व्यवस्थापन विज्ञान मात्रै होइन कला पनि हो भनेर वेत्ताहरुले भन्दै आएका छन् ।यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका आधारभूत ज्ञान विद्यार्थीमा सञ्चारित गराउँदै आएको एक अब्बल...

आयकरको सीमा घट्यो

काठमाडौं, साउन १ । साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्याएको छ । आर्थिक बर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो...

पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी

काठमाडौं, ११ असार-कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भइरहेको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्