मोरङ कारागारमा कैदीबन्दीबिच झडप

 न्यूज विराट
मोरङ कारागारमा कैदीबन्दीबिच झडप

विराटनगर, २३ कात्तिक । विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कदैदीबन्दीबिच झडप भएको छ । कारागारभित्र रहेका कैदीबन्दीको दुई समुहबिच आज विहान समुहबिच झप भएको हो । झडपमा आधा दर्जन कैदीबन्दी घाइते भएका छन् ।

विराटनगर कारागारका चौकीदार किरण गुरूङ र अर्का कैदी कात्तिक कामतको समुहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएको मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । ‘किरण गुरुङ भन्ने चौकीदारको टिमविरुद्ध अर्कोएउटा टिम खडा भएको रहेछ । १०/१२ जना विरुद्ध अरु लागेर झडप भएछ । गुरुङसहित १४ जनालाई उद्धार गरेर निकालेका छौँ ।’ उनले भने,‘ झडपमा घाइते भएका छ जनालाई उपचारका लागि कोशी अस्पताल पठाएइको छ । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।’

पोखरेलले झडपमा चौकिदार गुरुङ, नाइकेहरु शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको बताए।

चौकीदार गुरुङको समुहले अन्य कैदीबन्दीलाई यातना दिनेगरेको भन्दै झडप भएको हो । चौकिदार गुरूङको शोषण र यातना सहन नसकेको भन्दै उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूविरुद्ध अर्को समुह खडा भएको हो । दुवै समुहबिच विवाद हुँदा झडप भएको निमित्त जेलर पोखरेलले बताए ।

सम्बन्धित समाचार

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

भादगाउँ, २७ असोज-बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा...

एम्बुलेन्स देख्ने वितिकै छिः छिः दुरदुर गर्छन : एम्बुलेन्स चालक

पथरी, जेठ २०–‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव गर्दैनौँ तर यो लकडाउनको समयमा हामीले पानी पनि किनेर खान्छु भन्दा होटलवालले दिँदैनन् ।’ यस्तो समस्या एकजना एम्बुलेन्स...

मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

विराटनगर, १० जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनरीकै देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अन्सारी रहेका छन् । शनिबार दिउँसो साढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्जतर्फ...

चोरीको मोटरसाइकलमा वरिष्ठ सइ महतरा सरर, उजुरी परेपछि प्रदेश प्रहरीले सुरू गर्यो छानविन

विराटनगर । कोशी प्रदेश प्रहरी गण रानीमा लेखापालको रुपमा कार्यरत वरिष्ठ सई लक्ष्मण महतरा चोरीको मोटरसाइकल चढेर हिड्ने गरेको पाइएको छ । विगत दुई वर्षदेखि १५० सिसिको चोरीको पल्सर मोटरसाइकलमा हिडने गरेको पाइएको हो ।...

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प तथा गोपनीयताको शपथ गराएका हुन् । कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका...

६ जना विदेशी नागरिक क्वारेन्टाइनमा

इनरुवा, ६ वैशाख-सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमा आश्रय लिएर बसेका ६ विदेशीलार्ई शुक्रबार क्वारेन्टाइनमा राखिएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बीजी अस्पतालको...

विराटनगरको सडकमा सुरू भयो फुड फेस्टिवल

विराटनगर । विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिबल सुरु भएको छ । दशैको अवसर पारेर विराटनगरमा आइतबारदेखि फुड फेस्टिवल सुरु भएको हो ।स्थानिय जातजातीका परिकारहरुलाई प्रवद्धन गर्ने उद्देश्यले सुरु भएको फेस्टिबल कात्तिक ४ गतेसम्म संचालन...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको पदस्थापन सम्पन्न

विराटनगर, २७ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन शनिबार सम्पन्न भएको छ । भर्चुअल अनलाईन विधिबाट गरिएको क्लबको १७ औँ साधारणसभा तथा नयाँ नेतृत्पको पदस्थापन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्