विराटनगर र रतुवामाईबासीलाई उपचारमा लाग्ने रगत निशुल्क

 न्यूज विराट
विराटनगर र रतुवामाईबासीलाई उपचारमा लाग्ने रगत निशुल्क

विराटनगर, २२ कात्तिक । मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन् ।

ती पालिकाले रेडक्रससँगको समन्वयमा आफ्ना नागरिकको उपचारका लागि चढाउदा लाग्ने रगत निशुल्क उपलब्ध गराउने व्यवस्था गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी मोरङसँग ती पालिकाले सम्झौता गरि आफ्ना क्षेत्रका विरामी स्थानीय अस्पतालमा भर्ना भई उपचार गराउदा रगतको शुल्कमा छुटको व्यवस्था गराएका हुन् ।

रेडक्रस रक्त सञ्चार सेवा मोरङले प्रति पिन्ट रगतको लागि लाग्ने थैला तथा परिक्षण र सेवा शुल्क गरि ८ सय १० रुपैयाँ शुल्क लिँदै आएको छ । रेडक्रसले सो क्षेत्रका विरामीलाई परिचयको आधारमा निशुल्क गरिने र पछि सो रकम सम्बन्धीत पालिकाले भूक्तानी गर्ने जनाइएको छ ।

विराटनगरका मेयर भीम पराजुली र रतुवामाईका मेयर रविन राईले विरामीको जिवन बचाउन उपचारमा लाग्ने रगत निशुल्क गराउन अग्रसरता देखाएका छन् । सो अग्रसरतासँगै नगरवासी हर्षित भएका छन् ।

अस्पतालबाट रगत माग गरेको पूर्जाको प्रतिलिपि र विरामी विराटनगर वा रतुवामाईको प्रमाण ल्याएको अवस्थामा आगामी २०७९ सालसम्म रगत निशुल्क उपलब्ध गराइने रेडक्रसले जनाएको छ ।

रेडक्रस क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र र सो अन्तर्गतका रक्त सञ्चार नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, रंगेली र उर्लाबारीको रक्त सञ्चार सेवा कार्यालयबाट समेत ती पालिकाका जनतालाई निशुल्क रगत उपलब्ध गराइने छ ।

सम्बन्धित समाचार

कोशी प्रदेश सरकारले सर्वोच्चमा पठायो लिखित जवाफ, अर्को पेशी साउन ७ गते

विराटनगर । कोशी प्रदेश सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा विपक्षीले महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा र सभामुख बावुराम गौतम विरुद्ध परेको...

भव्य भयो धौंखल वंशको १७ औं भेला, ७ जना सम्मानित (फोटो फिचर)

विराटनगर । झापा, मोरङ, सुनसरी र ताप्लेजुङ्गमा बसोवार गर्ने श्रेष्ठ सामुदायको धौंखल वंशको १७ औं भेला विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित पदम कुमार श्रेष्ठको घरमा विविद्य कार्यक्रम आयोजना...

प्याब्सन स्पोर्टस मिटको उपाधि पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको ग्यालेक्सी पब्लिक हाइस्कुल ( कोशी मोडल) स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको...

विराटनगरमा घर भाडामा लिएर ठगीधन्दा, पाँच जना पक्राउ

विराटनगर । विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा प¥यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी...

सांसदहरूलाई काठमाडौंबाहिर नजान संसद सचिवालयको आग्रह

काठमाडाैं, ३० वैशाख-संसद सचिवालयले काठमाडौंमा कोरोना परीक्षण गरेका सांसदहरूलाई उपत्यकाका बाहिर नजान आग्रह गरेको छ । मंगलबार सूचना जारी गरी संसद सचिवालयले संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूलाई काठमाडौं बाहिर नजान आग्रह गरेको हो । काेराेना...

डलर सस्तो मूल्यमा दिने भन्दै १० लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं, १९ असोज-अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको एक व्यक्तिलाई अमेरिकी डलर सस्तो सटहीका नाममा १० लाख ठगी गर्ने चारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...

मिल्स गोल्डकपको तयारी पुरा, उद्घाटनमा धुव्रतारा र शान्ति नगरबीच हुने

विराटनगर । मिल्स गोल्डकप ट्रष्टले आयोजना गर्ने तेस्रो संस्करणको मिल्स गोल्डकपको तयारी पुरा भएको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।...

प्रदेश १ का नयाँ डिआइजी श्याम ज्ञवालीले समाले पदभार

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गरेका छन् ।नेपाल सरकार गृह मन्त्रालयको यही पौष २९ गतेको निर्णयानुसार साईबर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्