चीनमा याे वर्ष अत्यधिक जाडाे हुने, विद्युत आपूर्ति नियमित पार्न सकस

 न्यूज विराट
चीनमा याे वर्ष अत्यधिक जाडाे हुने, विद्युत आपूर्ति नियमित पार्न सकस

एजेन्सी, २२ कात्तिक । यस वर्षको जाडो याममा चीनका कतिपय क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आउने भएको छ । जाडो अध्यधिक हुँदा बिजुलीको खपत बढ्ने तर आपूर्ति कायम राख्न समस्या पर्न सक्ने चीनले बताएको हो ।

कैयौँ क्षेत्रमा बिजुली कटौती हुन सक्ने जनाइएको छ । यद्यपि सरकारले कोइलाको निर्यात बढाउने घोषणापछि हालतमा केही सुधार आएको छ । तर एक अर्ब भन्दा धेरै मानिसमा विद्युत वितरण गर्ने सरकारी ग्रिड कम्पनीले अहिले पनि आवश्यक र प्राप्त कोइलामा अन्तर रहेको बताएको छ ।

चीनका अधिकांश क्षेत्रमा यो वर्ष जाडो निकै बढ्ने प्रक्षेपण गरिएको छ । त्यहाँका कतिपय स्थानमा तीन हप्ताअघिदेखि नै हिमपात सुरु भइसकेको छ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले उत्तरी क्षेत्रमा भारी हिमपात हुन सक्ने चेतावनी जारी गरेको छ ।

सोमबार बिहानसम्म हिउँ र आँधीले भित्री मङ्गोलिया, हेबेई, तियानजिन, शानडोङ, लिओनिङ, जिलिन र हेइलोङजियाङका केही भागहरूमा असर गर्ने सम्भावना रहेको उक्त केन्द्रले जनाएको छ । यी मध्ये केही क्षेत्रहरूमा ४० सेन्टिमिटरभन्दा बढी हिउँ जम्ने अनुमान गरिएको छ ।

केन्द्रले स्थानीयहरूलाई घर भित्रै बस्न सल्लाह दिँदै सरकारी अधिकारीहरूलाई सडक, रेलवे, बिजुली र दूरसञ्चारमा सावधानी अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गरिने

निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र त्यसका उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता र कानुनविपरीतका गतिविधि हुन...

कोशी सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारबाट मुद्दाको निरन्तर सुनुवाई हुने

विराटनगर । कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आइतबार आदेश गरेको हो । इजलासले...

पुरुषको बेवारिसे शव फेला

जनकपुरधाम, १७ वैशाख-धनुषामा पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका-७ स्थित देवडीहामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई...

रासस प्रदेश कार्यालय भवन निर्माणका लागि १० लाख दिने घोषणा

विराटनगर, जेठ ९–विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति प्रदेश नं. १ कार्यालय विराटनगरको जीर्ण भवनको मर्मत सम्भार र रङ्गरोगन भएपछि सन्तुष्टि व्यक्त गरेका छन् । वि.स.२०३४ मा निर्माण भएको सो भवनको हाल सम्म...

प्रचण्डले केपी ओलीलाई लगाए ठगीकाे आरोप

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई ठग भनेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई ओलीले एकपछि अर्को मुद्दामा ठगेको आरोप लगाए । 'केपी ओलीजस्तो ठग नेतालाई मैले...

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

काठमाडौं, ३० भदौ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ...

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्ने

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ । पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ...

प्यारासिटामोल इन्जेक्सनको तस्करी : बेच्ने फार्मेशीमा ताला, गिरोह खोज्दै प्रहरी

विराटनगर । प्यारासिटामोल इन्जेक्सनको अवैध रुपमा भारतबाट विराटनगसहितको पूर्वी बजारमा तस्करी भएर पुग्ने गरेको पाइएको छ । औषधी व्यवस्था विभाग (डिडिए) मा दर्ता नभएको इन्जेक्सन गिरोहले भारतबाट सस्तोमा ल्याउने र नेपालमा ल्याएपछि चर्को मुल्यमा विक्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्