जुवाखालबाट ६ लाख रुपैयाँसहित कांग्रेस जिल्ला सभापति पक्राउ

 न्यूज विराट
जुवाखालबाट ६ लाख रुपैयाँसहित कांग्रेस जिल्ला सभापति पक्राउ

काठमाडौं । बौद्धस्थित एक जुवाखालबाट दोलखाका कांग्रेस जिल्ला सभापति वर्मा लामासहितका जुवाडे पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा बिहीबार राति जुवाघरमा छापा मार्दा कांग्रेस नेता समातिएका हुन्। जुवाखालबाट ६ लाख रुपैयाँ पनि बरामद भएको छ ।

दशैंअघिमात्र जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित लामा २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए भने त्यसअघि मेलुङ गाउँपालिका अध्यक्ष उठेर एमालेका नरबहादुर श्रेष्ठसँग पराजित भएका थिए ।

लामासहित कांग्रेसका रामेछाप जिल्लाका केही नेता पनि रहेको तर उनीहरु भने भाग्न सफल भएको बताइएको छ । गत वर्ष पनि तिहारको दिन जुवा अखडामा छापा हान्दा कांग्रेस नेता तथा पूर्व गृहराज्यमन्त्री इन्द्र बानिया, तत्कालीन पर्यटन राज्यमन्त्री तथा हाल नेकपा एसका नेता धनवहादुर बुढा भाग्न सफल भएका थिए भने अन्य प्रतिष्ठित व्यवसायीहरु पक्राउ परेका थिए ।

सम्बन्धित समाचार

दिल्लीका सबै विद्यालय बन्द

एजेन्सी, १६ मंसिर । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन्...

२० दिनमा ११ वटा लुटपाट गर्ने गिरोहका ७ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीमा हातहतियार देखाउँदै श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । २० दिनमा ११ ठाउँमा श्रृंखलाबद्ध लुटपाट गर्दै हिड्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ...

राहतमा कुहिएको दाल बाँड्ने मेयर, वडाअध्यक्षसहित १० जना पक्राउ

राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव  प्रहरीले मंगलबार पक्राउ गरेको छ ।  ५ जना वडाअध्यक्षसहित १० जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ३ जना वडा अध्यक्षलाइ सोमबार...

आजदेखि संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं, २६ वैशाख-संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी...

सुनको मूल्य ९९ हजार ८ सय पुग्यो

काठमाडौं, २० साउन-सोमबार स्थिर रहेको सुनको मूल्य आज वृद्धि भएको छ । आज प्रतितोला २ सयले वृद्धि भएर छापावाल सुन ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । मंगलबार तेजावी...

बालश्रममा प्रयोग गरिएका ५ बालकको उद्धार

विराटनगर, माघ १७–विराटनगरबाट नियमविपरीत बालश्रममा प्रयोग गरिएका ५ जना बालकलाई शुक्रबार उद्धार गरिएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा निस्किएको सरोकारवालाको टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूबाट ती बालकलाई उद्धार गरेको हो । सो क्रममा नगरक्षेत्रको वडा नम्बर...

नेपाल स्काउटको स्थापना दिवसमा पदक वितरण

विराटनगर । नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालयले एक समारोहका बिच पदक वितरण गरि मनाइएको छ । विराटनगर– ५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश...

अन्तर विद्यालय स्तरीय पब्जी प्रतियोगिता

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले शनिबार कलेज परिसरमा अन्तर विद्यालय स्तरीय पब्जी प्रतियोगिता आयोजना गरेको छ ।मोरङ र सुनसरीका १५ वटा कलेजका विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागिता जनाएका छन् ।कलेज प्रमुख भरत सापकोटाका अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्