२० दिनमा ११ वटा लुटपाट गर्ने गिरोहका ७ जना पक्राउ

 न्यूज विराट
२० दिनमा ११ वटा लुटपाट गर्ने गिरोहका ७ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीमा हातहतियार देखाउँदै श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२० दिनमा ११ ठाउँमा श्रृंखलाबद्ध लुटपाट गर्दै हिड्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये एक जना नावलक रहेका छन् । उनीहरुलाई मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।

यसरी पक्राउ पर्नेहरूमा सुनसरी दुहवी नगरपालिका ४ का बर्ष ३२ का नसुदिन मियाँ, सोही ठाउँका ३० वर्षे मो.अलिम मुर्तुजा, मोरङ बुढिगंगा गाउँपालिका ४ बस्ने बर्ष ४० का रिजवन मिया, भारत घर भई हाल दुहवी नगरपालिका ६ का बर्ष ४० का मो.आलम, बुढिगंगा गाउँपालिका ५ बस्ने बर्ष २१ का मो. नजरूल मिया र सोही ठाउँका बर्ष २५ का सिजाम आलम रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनक कुमार दाहालले बताए ।

पक्राउ परेका रिजवान लुटपाटको मुख्य नाइेके रहेको प्रहरीले जनाएको छ । उनको योजना अनुसार लुटपाट हुने गरेको डिएसपी दाहालले बताए । रिजवान २०६४ देखी २०७९ सम्म गरी जम्मा १० वटा अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनी विरुद्ध डाका ज्यान, चोरी, हात हतियार खर खजाना, ज्यान मार्ने उद्योग लगायतका मुद्धामा अनुसन्धान भई २०७० मा हात हतियार मुद्धामा पुर्पक्षको लागि कारागार चलान भए । रिजवान २०६४ सालको डाँका मुद्दा र २०६५ सालको डाँका ज्यान मुद्दाको फरार प्रतिवादी समेत हुन् ।

अपराधिक घटनामा संलग्न भइ कैद भुक्तान गरी निस्किएपछि ७ जनाको समूहले मोरङ र सुनसरीको विभिन्न स्थानमा श्रृंखलावद्ध लुटपाट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने समूह पनि यही रहेको एसपी पोखरेलले बताए । शुक्रवार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल ६ जनाको समूहले लुटपाट गरेका थिए । लुटेरा समूहले प्रहरीको चाइनिज पेस्तोल म्यागेजिनबाट फाइरिङ नभएपछि उनीहरूलाई आक्रमण गरेर हतियार लुटेर लगेका थिए । सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना सङ्कलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो ।

प्रहरीको लुटेर लगेको चाइनिज पेस्तोल र लुटेरासँग भएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । भदौ २२ गते राती ११ः३० बजेको समयमा बुढिगंगा गाउँपालिका ५ कोयलपुर क्षेत्रमा पैदल हिंडिरहेका ३ जना व्यक्तिहरुलाई लुटपाट गर्न खोजेका थिए । ‘लुटपाट गर्ने सूचना प्रहरी कन्ट्रोलमा सुचना प्राप्त भई तत्काल त्यस तर्फ प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन भएको थियो । कोयलपुर क्षेत्रको नहर सडकमा शंकास्पद रुपमा हिंडिरहेका ६ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो,’ एसपी पोखरेलले भने ।

पक्राउ परेपछि अनुसन्धानको क्रममा मोरङ प्रहरीका डिएसपीको कमाण्डमा खटिएको टोलीले बुढिगंगा – ५ स्थित मुस्लिम टोलबाट लुटपाटमा प्रयोग भएका हातहतियार र सवाधारी साधान बरामद भएको थियो । प्रहारीले हातहतियार रिजवान मियाको घरबाट बरामद गरेको हो ।


‘लुटपाटमा संलगन गिरोहाले राती र एकान्त स्थानको फाईदा उठाउँंदै बाटो ढुकेर योजनावद्ध तरिकाले लुटपाट गरेको देखिएको छ,’ एसपी पोखरेलले भने, ‘उनीहरुले लुटपाटमा डर त्रास देखाउन कटुवा पेस्तोल, रड, लाठी लगायतका घरेलु हातहतियार प्रयोग गरेको देखिएको छ । लुटपाट गरेपछि पीडितलाई आक्रमण पनि गरेको पाइएको छ ।’
पक्राउ परेका लुटेराको समूहले २० दिनमा मोरङ र सुनसरीको विभिन्न थानमा ११ वटा लुटपाट गरेको पाइएको छ । उनीहरुले भदौ २ देखि २२ गतेसम्म दैनिकजसो मोरङ र सुनसरीको विभिन्न स्थानमा लुटपाट गरेको देखिएको छ । एक दिनमा फरक फरक स्थानमा दुई पटकसम्म चोरी गरेको पाइएको छ ।
प्रहरीले उनीहरुको साथबाट चाईनिज पेस्तोल, कटुवा पेस्तोल, तीन थान रड, धारिलो हतियार चक्कु २ थान बरामद गरेको छ । यस्तै दुई थान मोटसाइकल, नेपाली नगद १ लाख ७५ हजार २७५, भारतीय नगद ११ हजार ६ सय बरामद गरेको छ ।

सम्बन्धित समाचार

शिक्षादीप स्कुलमा सिंगीन र डान्सिङ्ग प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिङगिन स्टार र डान्सिङ स्टार प्रतियोगिता आयोजना भएको छ । स्कुल परिसरमा आइतबार उक्त प्रतियोगिता भएको हो । शिक्षादीप सिंगीन स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश...

मोरङको डाइनियामा सुन पसल चोरी, भाग्दै गर्दा दुई जना पक्राउ

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ९ डाइनिया स्थित मोतिचन्द साहको घरमा कोठा भाडामा लिएर बस्ने ब्रिजलाल साह सोनारले सञ्चालन गरेको ‘मनिष ज्वेलर्स’ मा चोरी भएको छ । सटर मुनि लगाईएको ईटाको देवाल भत्काई ज्वेलर्समा रहेको...

संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढाल्न खोजेपछि ताजा जनादेशमा जाने निर्णय गरेँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढालेर अस्थिरता निम्त्याउने प्रयत्न भएपछि ताजा जनादेशमा जाने निर्णय लिएको बताएका छन् । नारायणहिटीको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘संसदलाई ठीक ढंगले काम गर्न दिनुभएन र...

प्रहरीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले बर्दी लगाएको प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी रहको बताउदै बर्दी...

आजदेखि नयाँ वर्ष प्रारम्भ, ‘लकडाउन’ का कारण घरमै बसेर मनाइँदै

काठमाडौं, १ वैशाख-नयाँ वर्ष २०७७ साल आजबाट सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले घरमै बसेर मनाउँदै छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का...

कोरोनाबाट उपत्यकाका ८ सहित देशभर १५ जनाको मृत्यु

काठमाडौं, २९ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

अब जोन्सनको खोप १८ वर्ष माथिकालाई पनि दिइने

काठमाडौं, ६ साउन । काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य...

कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

एजेन्सी, चैत २६-भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक शिशुको मृत्यु भएको छ ।कोरोनाको उपचार गराइरहेका ती बालकको ५ अप्रिलमा जामनगरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । अस्पतालले विज्ञप्तिमा शिशुको अवस्था अस्पतालमा ल्याउँदा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्