नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

 न्यूज विराट
नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
‘नेपाल संवत् ११४२’ प्रारम्भ भएका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले संवत्लाई प्रचलनमा ल्याएको उल्लेख गर्नुभएको छ ।
“साख्वाले कृषिलाई प्राथमिकता दिएको कुरासमेत स्पष्ट हुन्छ । राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित, उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ, “आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको छ ।
हाम्रा चाडपर्व र यस खालका असल परम्पराले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । सांस्कृतिक एवं भाषिकरूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवद्र्धन गर्ने उत्सवका रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वान गर्दछु ।”

सम्बन्धित समाचार

नापोलीले जित्यो कोपा इटालियाको उपाधि, युभेन्टस टाइब्रेकरमा पराजित

एजेन्सी, असार ४-नापोलीले कोपा इटालियाको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि भएको टाइब्रेकरमा नापोली ४–२...

ग्रेडेड स्कुलमा वसन्त पञ्चमीको अवसरमा अक्षरआरम्भ

विराटनग र विराटनगर –८ हाट्खोलामा अवस्थित ग्रेडेड स्कुलले सरस्वती पूजा र बसन्त पञ्चमी विशेष पर्वका ?पमा पूजा आरधाना गरी मनाएको छ । आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले...

रामचन्द्र पौडेलले भने- झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पार्‍यो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको आरोप लगाएका छन् । बिहीबार नेकपाकी नेतृ झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेपछि वरिष्ठ नेता पौडेलले सरकारले...

बिहीबारबाट यी सवारी साधन चल्नेछन्, उच्चस्तरीय समितिका १२ निर्णय

उपभाेग्य तथा कृषि सामाग्रीकाे ढुवानी सहज बनाउनकाे लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएकाे छ ।बुधबार बसेकाे उच्चस्तरीय समन्वयन समितिकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र...

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

विराटनगर । प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।मोरङ कटहरी गाउँपालिका वडा नं. ३ बस्ने ४५ बर्षिय पन्चु पासवानलाई पक्राउ गरेको हो । पासवानले कटहरी गाउँपालिका वडा...

तेक्वान्दो वर्ल्ड  च्याम्पियनसिप खेल्न सजिना मलेसिया जाँदै, सांसद र सदस्य सचिवले गरे बिदाई

विराटनगर । मलेसियामा हुने अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने एक जना महिला खेलाडीलाई बिदाइ गरिएको छ ।फागुन १७ देखि फागुन २० गतेसम्म हुने ‘हवारङ वाररिअर आइटिएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’मा भाग लिन जान लागेकी...

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

काठमाडौं, २६ साउन-कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।काठमाडौंको कलंकीका ती पुरुष १५ साउनमा ललितपुर जिल्ला स्वास्थ्य कार्यालय भर्ना भएका...

न्यूरो अस्पतालमा काेराेना संक्रमितको मृत्यु

विराटनगर, १० भदौ-राटनगरको न्यूरो अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३१ साउनमा अस्पताल भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ११ बजेतिर मृत्यु भएको हो ।   टाउकोको नशा सुकेर प्यारालाइसिसको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्