विराटनगरमा खुल्यो न्यूरोसम्बन्धी ‘आर्या अस्पताल’

 न्यूज विराट
विराटनगरमा खुल्यो न्यूरोसम्बन्धी ‘आर्या अस्पताल’

विराटनगर ३ कन्चनबारीमा १६ करोडको लागतमा आर्या न्यूरो हस्पिटल संचालनमा आएको छ । न्यूरो सम्बन्धी उपचारलाई फोकस गरेर विराटनगरमा उक्त अस्पताल संचालनमा ल्याएको हो ।

बुधबारदेखि औपचारिक रुपमा सो अस्पताल संचालनमा आउने मंगलबार अस्पतलामा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रारम्भीक चरणमा २५ शैय्याबाट सुरु गरेको अस्पतालमा नेपालमा पहिलो पटक न्यूरो सर्जरी सेवा सुरु गर्ने प्रध्यापक डा. उपेन्द्र देवकोटासँग लामो समय काम गरेको न्यूरो सर्जन डा. पंकज राज नेपालसहितको टिम रहेको छ ।

डा. नेपाल अस्पतालका प्रबन्धक हुन् । उनीसहित दिनेश ठाकुर, डा. अर्चना चौधरीको लगानी रहेको छ । अस्पतालमा न्यूरो सम्बन्धी सम्पूर्ण उपचार, हार्डजोर्नी, नाक, कान घाँटी, दन्त चिकित्सकीय सेवाहरु संचालनमा रहने अस्पतालका निर्देशक ठाकुरले जानकारी दिए ।

यस्तै जनेरल तथा ल्यापरोस्कोपिक सर्जरी, फिजिसियन सम्बन्धित सम्पूर्ण सेवाहरु, फिजिओथेरापी सेवाहरु संचालानमा रहेको छ । अस्पतलामा अत्याधुनिक आइसियु तथा भेन्टिलेर सेवा, सिटी स्कान, एम आरआईलगायतका सम्पूर्ण सेवाहरु अस्पतालमा रहेको निर्देशक ठाकुरको भनाइ छ ।

‘हामीले अरु अस्पतलाभन्दा हाम्रा दिने सम्पूर्ण सेवाहरुको छुटै निर्देशिका तयार गरेरका छौं,’ उनले भने, ‘भोलीका दिनमा अस्पताल आएका विरामीले छिटो, क्षरितो र गुणस्तरीय सेवा पाउन भन्ने हाम्रो उद्देश्य हो । ’ न्यूरो सम्बन्धी उपचारमा लोमो समय काठमाडांै र बी एन सि अस्पतालमा न्यूरो चिफ एवं निमिक्त हस्पिटल डाइरेक्टर भएर काम गरेका डा. नेपालले यहाँ आएर सेवा दिने भएका हुन् । विराटनगरमा जन्मिएका डा. नेपालले न्यूरो क्षेत्रमा विरामीलाई नयाँ सेवा गुणस्तरीय तरिकाले दिने उद्देश्य रहेको बताए ।

अस्पतालमा अहिले मेडिकल क्षेत्रमा १२ जना चिकित्सक, एक दर्जन बढी नर्स रहेका छन् । यस अस्पतालमा एक सय जनाले रोजगारी पाउने निर्देशक ठाकुरले जानकारी दिए । अहिले सामाजिक विकास मन्त्रालयदेखि २५ शैय्याको स्वीकृत पाएकोले निकट भविष्यमा ५० शैय्याको पु¥याउने तयारी गरेको उनले बताए ।

सम्बन्धित समाचार

आइतबार थप ४ सय ६३ जनामा काेराेना पुष्टि

काठमाडाैं, १४ असार-आइतबार थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या १२ हजार ७ सय ७२ पुगेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने

विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो । विराटनगरमा...

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ । नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो...

पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल हुने, सोमबार पहिलो अडिसन विराटनगरमा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन सोमबार विराटनगरस्थित सेन्टर मलमा हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा यो प्रतियोगिता हुँदै आएको छ...

संसद विघटनविरुद्धको आन्दोलनलाई व्यापक बनाउन कांग्रेसको अपिल

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा व्यापकताका लागि सबैलाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी...

रोटरी क्लब अफ विराटनगर डाउनटानद्वारा साक्षरता अभियान सञ्चालन

विराटनगर, १७ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो । क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता महिनाका रुपमा...

कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणको निन्दा

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । पार्टी प्रवक्ता...

राखेपको बोर्ड सदस्यमा ६ जना मनोनीत

काठमाडौं, १५ साउन-राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जना मनोनीत भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रका विभिन्न सङ्गठनमा रहेर काम गरिसकेका ६ जनालाई बोर्डमा नियुक्त गरेका हुन् । रिम रानाभाट,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्