गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर ल्याइएपछि खैलाबैला मच्चियो, कैदीबन्दी आन्दोलित

 न्यूज विराट
गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर ल्याइएपछि खैलाबैला मच्चियो, कैदीबन्दी आन्दोलित

विराटनगर, १६ कात्तिक । अन्ततः गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएको छ । नेपाली कांग्रेसका नेताहरुको दवावमा गिरीलाई मोरङ कारागार ल्याइएपछि अन्य कैदीबन्दीहरु आतंकित बनेका छन् ।

काठमाडौंको डिल्लीबजार कारागार लैजानु अघिसम्म मोरङ कारागारमै रहेका गिरिलाई पुनः सोही कारागारमा ल्याइएपछि अन्य कैदीबन्दी आतंकित भएका छन् ।

मोरङ कारागारमा रहँदा गिरीले अन्य कैदिबन्दी माथि अत्याचार गर्ने गरेका थिए । मंगलबार विहान ५ बजे गिरीलाई विराटनगर हाटखोलास्थित मोरङ कारागारमा ल्याइएपछि अरु कैदीबन्दीहरु आन्दोननै सुरु गरेका छन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय काटिरहेका गिरीलाई काठमाडौंको डिल्लीबजार कारागारमा थिए । उनलाइृ मोरङ कारागार ल्याएको बिरोधमा कैदीबन्दीले कारागारको छतमा बसेर प्रदर्शन गरेका छन् ।

कारागारभित्र भिन्दै साम्राज्य खडा गर्दै विभिन्न अपराधिक गतिविधी गरेको खुलेपछि उनलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो। गिरी पुनः मोरङ आएपछि कारागारभित्र खैलाबैला मच्चिएको छ । उनको विगतका गलत हर्कतका कारण कैदीबन्दीले असुरक्षित महसुस गर्दै आन्दोलित भएका हुन ।

मोरङ कारागारमा हुँदा अरु कैदीबन्दीलाई चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरेको आरोप उनीमाथि छ ।

छोटो समयमै अकूत सम्पत्ति आर्जन गरेको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलाइएको थियो । गिरी लामो समयदेखि विराटनगरलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न थिए। अपहरण मुद्दामा दोषी ठहर भएपछि कैद काट्दै गरेका बेला कांग्रेसका नेताको संरक्षणमा कारागारभित्रैबाट आफ्नो धन्दा चलाउने गरेको पाइएपछि उनलाई मोरङबाट काठमाडौं पठाइएको थियो ।

सम्बन्धित समाचार

एमाले विराटनगरको निर्वाचन : संस्थापन पक्षको कमजोर पकड, ढकाल समूहको शसक्त उदय

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको निर्वाचनमा विनोद ढकाल समूहले संस्थापन पक्षलाई पराजय गरेको छ । शुक्रबार विहान सार्वजानिक मत परिणाम अनुसार बलराम गिरी (नवीन) को नेतृत्वमा ढकाल समूहले सबै प्रमुख पदाधिकारीमा कब्जा जमाएको छ...

चौंथो मिल्स गोल्डकप, झापाको कनकाई सेमिफाइनलमा

विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २–१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा...

जन्ती बोकेको भारतीय जिप रौतहटमा दुर्घटना : पाँच जनाको मृत्यु

रौतहट । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, युनाइटेडलाई ६ गोल गर्दै हाटखोला सेमिफाइनलमा 

विराटनगर । विराटनगरमा जारी १ नं। प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगितामा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा युनाईटेड भेट्रान्स क्लब विराटनगरलाई ६– २...

सूर्य ग्रहण ८:४२ देखि ११:३१ सम्म

काठमाडौं, पुस १०–आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्नेछ ।...

लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, १७ असार–सुनसरीको इनरुवा नगरपालिका(३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अख्तर आलम रहेका छन् । आज बिहान...

आईजीपी ज्ञवालीका चुनौती :निर्मलाको हत्यारा पक्राउदेखि विवादरहित बढुवासम्म

काठमाडौं, माघ २८–सरकारले नेपाल प्रहरीको २७औँ प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । प्रहरी सेवामा ३० वर्षे सेवा अवधिसम्बन्धी व्यवस्थाका कारण आईजीपी सर्वेन्द्र खनालले आजबाट अनिवार्य अवकास...

ओमानले दियो नेपाललाई १३६ रनको लक्ष्य

काठमाडौं । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानबाट एक सय ३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले निर्धारित २० ओभरमा ६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्