विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ ।
विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो ।
क्लबले राहत स्वरुप पिडित परिवारलाई सय प्याकेट बिस्कुट, सय प्याकेट चाउचाउ, सय प्याकेट भुजा र सय प्याकेट चिउरा बाढी पीडित एक सय परिवारलाई वितरण गरिएको क्लबकी महासचिव अनिता सारडाले बताइन् ।
राहत वितरण कार्यक्रममा क्लबकी अध्यक्ष संचिता जैन, सेवा परियोजना समिति अध्यक्ष गिरिजा सारडा, क्लबकी महासचिव अनिता सारडा र सदस्य पुनम नरेश राठीलगायतको उपस्थिती रहेको थियो ।