विराटनगर विमानस्थल खुल्यो, हवाई सेवा सुचारु

 न्यूज विराट
विराटनगर विमानस्थल खुल्यो, हवाई सेवा सुचारु

विराटनगर, कार्तिक ६ । अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द विराटनगर विमानस्थलको हवाई सेवा आज बिहानबाट सुचारु भएको छ । बिहान ७ बजेबाट विराटनगर विमानस्थल खुला भएको हो । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित उडानहरु खुला भएको विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । कात्तिक महिनाको प्रारम्भसँगै परेको अविरल वर्षाका कारण विराटनगर विमानस्थलमा पानी जमेर डुबान भएको थियो । विमानस्थलहुँदै बग्ने बस्ता खोला, त्यसभन्दा पश्चिमको केशलीया नदी र पूर्वको सुनसरी मोरङ सिंचाइ योजनाको नहरबाट ओभरफ्लो भएको पानी विमानस्थलमा जमेको थियो ।

अधिक वर्षाले विमानस्थलको धावनमार्ग, ट्याक्सि वे र प्रवेशस्थल पुरै जलमग्न बनेको थियो । शुक्रबार साँझसम्म धावनमार्गमा जमेको लेदो हटाउने काम सकिएको र आजबाट नियमित उडान सुचारु गर्न आवश्यक सबै तयारी पुरा भएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो ।

प्रमुख खरेलका अनुसार आजबाट केही दिन बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र उडानहरु हुनेछन् । धावनमार्गको लाइटिङ्ग सिस्टममा समस्या आएका कारण साँझ ५ बजेपछिको उडानहरु तत्काल गर्न नसकिने प्रमुख खरेलले जानकारी दिनुभयो । मौसमको अवस्था, धावनमार्ग र विमानस्थलको अवस्था अनुसार उडान समय बढ्न सक्ने बताइएको छ । हिउँदको समयमा विराटनगर विमानस्थलबाट साँझ ढिलोसम्म उडान हुने गरेको छ ।

नियमित उडान गर्दै आएका विमान कम्पनीहरुले बिहीबारदेखि नै शनिबारका लागि टिकट बिक्री खुला गरिसकेका थिए । विराटनगर विमानस्थलमा बुद्ध एयरले दैनिक नौं, यति एयरले पाँच, सौर्य एयसरले चार, श्री एयरले चार र गुण एयरले एउटा उडान गर्दै आएका थिए ।

सम्बन्धित समाचार

आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङको’ सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा...

विनायक स्कुलमा ३८ जना विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर – १२ स्थित विनायक वोर्डिङ सेकेण्डरी स्कुलमा अध्ययरत ३८ जना विद्यार्थी दिक्षित भएका छन् । स्कुलमा बुधबार एक कार्यक्रम आयोजना गरि ३८ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा...

विद्यार्थीको रोजाइमा मेरिल्याण्ड कलेज, प्रवेश परीक्षा दिनेको भिड

विराटनगर । विराटनगर – ७ स्थित एकमात्र व्यवस्थापन संकाय पढाइ हुने मेरिल्याण्ड कलेजमा विहिबार कक्षा –११ मा नयाँ सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विहान र दिवा सत्र गरि...

स्थायी कमिटी बैठकमा जनार्दनको विशेष प्रस्ताव (प्रस्तावसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले छलफलका लागि विशेष प्रस्ताव पेस गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई सम्बाेधन गर्दै पेस गरेको विशेष प्रस्तावमा उनले सरकारले ‘संघीय लोकतान्त्रिक...

चितवनकी कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजिटिभ

चितवन, २२ वैशाख-पूर्वी चितवनकी कोरोना संक्रमित महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनसार हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट फेरि पनि पोजिटिभ देखिएको हो । कोरोना...

अरनीको स्कुलाई बास्केटबलको उपाधि

विराटनगर । विद्यालय स्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अरनीको स्कुलले जितेको छ ।विराटनगरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ अरनीको स्कुलले उपाधि जितेको हो । विराटनगरमा रहेको पोखरीया स्कुललाई २–४ अङकले पराजित...

कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन :कांग्रेसका बागी उम्मेदवार

काठमाडौं । पार्टी निर्णय विपरीत नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका जगन्नाथ पौडेलले कम्युनिस्टसँग मिलेर कांग्रेसको कल्याण नहुने बताएका छन् । कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल्न लगाउने कार्य स्वीकार्य नहुने...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी ९घोल० भित्र गैँडा मृत भेटिएको हो । भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्