विराटनगरमा मंगलबार साँझदेखि गएको लाइन बल्ल आयो, सवैतिर विद्युत सुचारु गराउने प्रयास जारी

 न्यूज विराट
विराटनगरमा मंगलबार साँझदेखि गएको लाइन बल्ल आयो, सवैतिर विद्युत सुचारु गराउने प्रयास जारी

विराटनगर, ४ कात्तिक । सोमबारदेखिको अविरल वर्षाका कारण आएको बढीले. नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीडमा क्षती पुर्याएपछि विराटनगर क्षेत्रमा अवरुद्ध भएको विद्युत सुचारु भएको छ ।

प्रदेश १ का अधिकांश जिल्लामा विद्युत आपूर्ती हुने दुहवी ग्रीडमा बाढीले क्षती पुगेपछि मंगलबार साँझदेखि विद्युत अवरुद्ध भएको थियो । दुहवी सबस्टेशनमा क्षती पेगेपछि त्यहाँबाट विद्युत ‘सप्लाई’ हुने सवै क्षेत्रमा एकैपटक विद्युत अवरुद्ध भएको थियो ।

विस्तारै पानिको सतह घटेर सबस्टेशना मर्मत गरिएपछि विराटनगर वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा पुनः विद्युत सुचारु भएको हो । क्षती पुृगेको ठाउँमा मर्मत गरिएपछि विद्युत सुचारु सुरु गरिएको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले जानकारी दिए ।

मंगलबारदेखि प्रदेश १ को मोरङ जिल्लाका सवै स्थानीय तह, सुनसरी र धनकुटाका सवै र तेह्रथुममा आंशिक विद्युत अवरुद्ध भएको थियो । दुहवी ग्रीड अन्तर्गतका मोरङ, सुनसरी र धनकुटाका सवै क्षेत्रमा विद्युत अवरुद्ध हुँदा ती क्षेत्र अन्धकार बनेका थिए ।

मंगलबारदेखिको लगातार विद्युत अवरुद्ध हुँदा सञ्चार सेवा समेत प्रभावित भएको थियो । लगातार विद्युत अवरुद्ध हुँदा इभर्टरको चार्ज समेत सकिएपछि उपभोक्ताहरु समस्यमा परेका थिए ।

अहिले विराटनगर क्षेत्रमा विद्युत सुचारु भएपनि क्रमशः सवै क्षेत्रमा नियमित विद्युत सुचारु गराउने प्रयास जारी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

विराटनगर, २७ चैत । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले शपथ ग्रहण गरेका छन् । आङ्बुहाङ माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । माओवादी...

लिलादेवी सिटौलाको सपथग्रहण आज

काठमाडौं, १४ साउन-प्रतिनिधि सभामा समानुपातिकतर्फबाट हालै निर्वाचित जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले आज सपथग्रहण गर्ने भएकी छन् । सरिता गिरीको स्थानमा सांसद बनेकी सिटौलाले आज दिउँसो १ बजे संसद सचिवालयको कृषि समितिको हलमा सपथग्रहण...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी ९घोल० भित्र गैँडा मृत भेटिएको हो । भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ...

बनेपाबाट ९ लाख रुपैयाँ चोरी भागेका अभियुक्त पक्राउ 

काठमाडौं, ४ असार-बनेपाबाट पसल चोरी गरेर ९ लाख रुपयाँ लिएर भागेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितव रत्ननगरपालिका–१ का प्रकाशजंग कुँरव छन् । उनलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको...

आँधीले अमेरिकाका ८ हजार उडान रद्द

टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ । वासिङ्‍गटन पोस्टको रिपोर्टअनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् । प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा...

स्वर्गीय बन्टी स्मृति भेट्रान्स फुटबल आइतबारदेखि विराटनगरमा हुँदै

विराटनगर । विराटनगरमा ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको...

एमाले कोशी प्रदेशको अधिवेशन : नयाँ नेतृत्वका लागि ९७७ जनाले गरे मतदान, दिउँसोबाट हुने गणना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा ९ सय ७७ मत खसेको छ। विराटनगरस्थित होटल मुनास्लुमा भएको मतदानमा ९९७ मध्ये ९७७ मत खसेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए...

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

काठमाडाैं, १३ असार-सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्