धानखेतमा खोला पसेपछि

 न्यूज विराट
धानखेतमा खोला पसेपछि

चन्द्रकला भण्डारी

झापा, ४ कात्तिक ९रासस० ः गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र पानी छ । तर, त्यहाँका बासिन्दालाई घरभन्दा पनि पाँक्न लागेको धानखेतमा खोलो कुँदेपछि अब के खाएर बाँच्ने भन्ने चिन्ता छ ।

बस्तीका ६५ वर्षीया तालु ताजपुरिया घरदेखि दुईसय मिटरमा रहेको खोला पारितिर देखाउँदै भन्नुहुन्छ, “ऊ त्यहाँ मेरो खेतमा धान पहेँलपुर थियो । दसैँ सकिएपछि काटौला भन्दाभन्दै खोलाले सबै लगिदियो । अब के खाएर बाँच्नु ।” उहाँको चार बिघा जमिनमा धान खेती थियो । कनकाई नदी र किस्ने खोलाको बीचमा रहेको भाकुरमाडीमा ४३ घर परिवार ताजपुरिया जातिको बसोबास छ ।

खोला किनारमा खेती र गाईवस्तु पालेर जीविकोपार्जन गर्ने उनीहरुलाई आज कन्काई खोलाको बाढीले विस्थापित बनाएको भन्दा पनि पाँकेको धान खोलाले बगाएपछि आत्तिएका छन् । सोही बस्तीकी ४८ वर्षीया आनन्दी ताजपुरियाको तीन बिघा जमिनमा लगाएको धानखेतमा खोला कुदिरहेको छ । बस्तीको पारिपट्टी अर्थात् भारतको विहार प्रान्तको कञ्चपुरसँग सीमा जोडिएको स्थानमा उनीहरुले धान खेती गर्दै आएका थिए ।

प्रत्येक परिवारको १० कट्ठादेखि पाँच बिघासम्म खेती थियो । करिब १५० बिघामा लगाएको धान खेतमा कन्काई खोला बगिरहेको छ । उनीहरुले बासमती, भाले शर्ना, गरिमा जातका धानखेती गरेका थिए । वडा नम्बर १ स्थित रङ्गियाथान बस्तीका ६८ वर्षीय सत्यनारायण राजवंशीले कात्तिक महिनामा यत्रो ठूलो खोलामा बाढी आएको पहिलोपटक भएको बताउनुभयो ।

“यति ठूलो बाढी त असार साउनमा पनि आएको थाहा छैन”, उहाँले भन्नुभयो, “बेला न कुबेलाको बाढीले किसानको धान खेत सबै लग्यो अब भोकभोकै मर्ने भयौं ।” बेमौसमी वर्षाका कारण जिल्लाका अन्य पालिकामा भन्दा बाढीले विस्थापित हुने गौरीगञ्ज गाउँपालिकामै छन् भने धानखेत पूर्ण रुपमा गुमाउने पनि यही रहेको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताउनुभयो ।

उहाँले सयौँ किसानको पाक्न लागेको धान मात्र होइन जमिनमाथि नै खोला कुँदिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर २ भाकुरमाडीका किसानको १५० बिघा, वडा नम्बर १ स्थित धानगाढाका किसानको १०० बिघा, होक्लाबाडीको ६० विगाह, विर्खेबस्तीको ६० बिघा, रङ्गियाथानको १०० बिघा, बालुवाडी भन्सार चोकको ५० बिघा गरी करिब ५२० बिघाभन्दा बढी जमिनको धान खोलाले बगाएको बताउनुभयो ।

उहाँले प्राकृतिक प्रकोपको कारण पालिकाले ठूलो क्षति बेहोर्नुपरेको जानकारी दिँदै भन्नुभयो, “यहाँ भोकमरी लाग्ने अवस्था आयो अब । स्थानीय पालिकाले मात्र सबै क्षतिपूर्ति दिलाउन सक्दैन । तीनै तहको सरकार मिलेर उनीहरुलाई क्षतिपूर्ति दिलाउनुको विकल्प छैन ।” उहाँले पालिकाको विपद् कोषमा रु ५० लाख रहेको जानकारी दिनुभयो तर यस्तो विपद्को भयाबह अवस्थामा यतिले मात्र नपुग्ने हुँदा तीनै तहको सरकारको दात्यिव उत्तिकै हुने उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र झापाले सोही क्षेत्रको स्थलगत अवलोकन बुधबारै गरिसकेको छ । केन्द्रका प्रमुख निलकमल सिंहले क्षतिको विवरण कृषि मन्त्रालयमा पठाएर क्षतिपूर्तिका लागि पहल गर्ने उनीहरुलाई आश्वसन दिनुभएको छ । उहाँले जिल्लाका अन्य स्थानमा पानीले धान ढाल्ने र डुबाउने गरे पनि गौरीगञ्जका केही वडामा पूर्णरुपमा धानखेतीमा खोलाले क्षति पु¥याएको बताउनुभयो ।

सम्बन्धित समाचार

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, ६ फागुन । सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प...

जोखिम क्षेत्रमा विद्यालय नखोल्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौं, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम रहेका क्षेत्रमा तत्काल विद्यालय नखोल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको छ । बुधबार शिक्षा मन्त्रालयका पदाधिकारीसँग भएको छलफलमा स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम कायमै रहेकाले...

गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउँछ : महत

विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतअन्तरले बहुमत ल्याउने बताएका छन् । विराटनगरमा बुधबार विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता महतले यस्तो बताएका हुन् । पाँच दलिय गठबन्धनले...

रंगेलीमा कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु

रंगेली, ३ जेठ । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणका कारण रंगेलीमा सोमबार दिउँसो एक जनाको मृत्यु भएको छ । नयाँ भेरियन्टको संक्रमण सुरु भएयता रंगेलीमा पहिलो पटक एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...

एसइइ रनिङ्ग शिल्ड : मोरङ र सुनसरीका पाँच स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...

पूर्वी नाकामा अलपत्र नेपालीलाई प्रकृया पुर्याएर नेपाल प्रवेश ः मुख्यमन्त्री राई

विराटनगर, चैत १०–प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी नाकामा अलपत्र परेका नेपाली नागरिकलाई प्रक्रिया पुराएर नेपाल प्रवेश गराउने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाको स्थलगत निरीक्षण गर्दे मुख्यमन्त्री राईले अलपत्र नेपाली नागरिकलाई नेपाल...

भारतमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन भेटिए ७८ हजार संक्रमित

एजेन्सी, भदौ १५-भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पहिचान भएका छन् । यो अवधिमा  ७८ हजार ५ सय १२ जना नयाँ संक्रमित भेटिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसै अवधिमा ९ सय ७१...

बुटवलमा आइसोलेसनमा रहेका १ बिरामीको मृत्यु

बुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत एक बिरामीको मृत्यु भएको छ ।सैनामैना नगरपालिका–४, सिसौडाँडाका ३७ वर्षीय एक बिरामीको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युबारे अस्पतालले केही बोलेको छैन । उनको रगतको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्