गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

 न्यूज विराट
गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

काठमाडौं , १ कात्तिक । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय कुमार आनन्द एल रायको कलर यलो प्रोडक्सन र केप अफ गुड फिल्मससँग पुनः एकपटक सहकार्य गर्दैछन् ।

अक्षय र आनन्द भारतीय सेनाको गोरखा रेजिमेन्ट (पाँचौं गोर्खा राइफल्स)को एक महान अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक बायोपिक फिल्ममा सहकार्य गर्न लागेका हुन् । फिल्ममा अक्षयले छैटौं गोरखा राइफल्सको ग्रेट अफिसर मेजर जनरल इयान कार्डोजोको भूमिका निभाउनेछन् ।

उनलाई सन् १९६२, १९६५ को युद्धमा र विशेष रूपले १९७१ को भारत पाकिस्तान युद्धमा लडाइँ लडेको एक युद्ध नायकको रूपमा चिनिन्छ । यसैले गर्दा पनि अक्षयले विश्वकै मेकरको ध्यान खिचेका छन् । तर , उनले सार्वजनिक गरेको फस्ट लुक पोस्टरमा एक पूर्व गोर्खा अफिसरले गल्ती औल्याएका छन् ।

उनले अक्षयको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पोस्टरमा खुकुरीलाई ठिक गर्न सुझाएका छन् । ’खुकुरीको धार गलत दिशामा छ, यो तलवार हैन’, मेजर मनिक एम जोली नाम रहेको एकाउन्टबाट उनले थप भनेका छन्, ‘खुकुरी बुझ्नलाई सँगै तस्विर राखेको छुँ ।’ उनले गोर्खाको कथामा फिल्म बनाउँदा ससाना गल्तीलाई समेत सुझाउन भनेका हुन् । गोर्खा अफिसरको प्रतिक्रिया देखेपछि अक्षयले माफी मागेका छन् ।

उनले प्रतिक्रियाको लागि धन्यवाद समेत दिएका छन् । ’हामी छायांकनको समयमा गल्ती नहोस् भनेर उच्च सतर्कता अपनाउने छौँ’, अक्षयले लेख्छन्, ’हामी गोर्खाको कथामा फिल्म बनाउन पाउँदा निकै गौरवान्वित महसुस गरिरहेका छौँ ।’ उनले फिल्मसँग जोडिएको सल्लाह सुझावलाई आत्मसाथ गर्नेसमेत जनाएका छन् । यस फिल्मको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पुरन सिंह चौहानले गर्दैछन् ।

सम्बन्धित समाचार

मध्यप्रदेशमा राजनीतिक संकट

भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री...

मातृशोक परेका पत्रकार खतिवडालाई समवेदना

विराटनगर । मातृशोकमा परेका पत्रकार विजय खतिवडालाई आमाको तेह्रदिने किरियामा बसेको स्थान भद्रपुरमा नै पुगेर विराटनगरका पत्रकारहरुले समवेदना दिएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य अविनाश निधी, अग्रज पत्रकार शंकर लुइटेल, स्वतन्त्र पत्रकार...

‘प्रेस’ लेखिएको भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हतियारसहित २ जना पक्राउ

सर्लाही, जेठ ४-सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो...

विदेशबाट फर्कनेलाई यस्तो छ क्वारेन्टिन व्यवस्थापनको तयारी

काठमाडौं, १६ जेठ-सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टिन व्यवस्थापन गरिने बताएका छन् । खाडी मुलुकमा श्रमका लागि गएर फर्कन लागेका नागरिक, युरोप तथा अमेरिकाबाट फर्कन चाहने नागरिक र भारतबाट फर्कने...

नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङ अध्यक्षमा सुवोध आचार्य

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । यस्तै सचिवमा नविन...

खोटाङमा भेटिए डेंगुका बिरामी

खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच...

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

कोरोना संक्रमण बढ्दै गएपछि दमकमा १३ भदौ सम्म लम्बियो लकडाउन

विराटनगर, ६ भदौ-दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि झापाको दमक नगरपालिकाले आगामी १३ गते भदौसम्म लकडाउन लम्ब्याएको छ । शनिबार दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको अध्यक्षतामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितीको बैठकले कोरोना संक्रमित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्