विराटनगरमा २१ सहित प्रदेश १ मा ९७ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा २१ सहित प्रदेश १ मा ९७ जनामा कोरोना संक्रमण

विराटनगर, १ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना संक्रमण भएको छ । ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा ४, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १२, मेचीनगरमा ९, शिवसताक्षीमा ४, कनकाईमा ३, भद्रपुर, अर्जुनधारा दमक र कमल गाउँपालिकामा २–२, गौरादहमा १, मोरङको विराटनगरमा २१, सुन्दरहरैचामा ३, बुढीगंगामा २, कटहरी, पथरीशनिश्चरे, ग्रामथान, उर्लाबारी र सुनबर्षीमा १–१, सुनसरीको इटहरी र स्थानीय तह नखुलेका ५–५, धरानमा ३, भोक्राहानरसिंहमा १, इलामको रोङमा २, इलाम नगरपालिका र माईमा १–१, उदयपुरको कटारी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३१ महिला र ५४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

बाँके बस दुर्घटनाका मृतक र घाइतेको पीसीआर रिपोर्ट नेगेटिभ

बाँके, १९ जेठ-बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुर्घटनामा परेकाहरू भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पीसीआर परीक्षण गरिएको थियो ।...

गाउँपालिका अध्यक्षको गाडी सिक्ने क्रममा अधिकृतले गराए दुर्घटना

कावासोती, माघ ८–नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षको गाडी सिक्ने क्रममा अधिकृतले दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनाको विषयलाई लिएर गएरातभरी तनाव भएको छ । हुप्सेकोट गाउँपालिकाको जीपको...

मोरङको कटहरी भोकमरी विरुद्धको साझा अभियान सुरु, एकै दिन १ सय २५ परिवारलाई राहत वितरण

विराटनगर, बैशाख ५–मोरङको कटहरी गाउँपालिकामा भोकमरीविरुद्ध साझा अभियानको सुरुवात गरिएको छ । कटहरी स्थित विभिन्न संघ संस्थाको सहकार्यमा गाउँपालिकाका कोही पनि जनतालाई भोकै मर्न नदिने अभियान सुरु गरिएको हो । लक डाउनका कारण दैनिक ज्यालादारी...

सर्वोच्चको फैसलाको जनतामाझ भण्डाफोर गर्ने एमाले संसदीय दलको निर्णय

नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाको जनतामाझ भण्डाफोर गर्ने निर्णय गरेको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्थालाई प्रोत्साहन गर्ने भएकाले त्यसविरुद्ध जनतामाझ जाने निर्णय भएको प्रमुख...

आज देशभर ७ सय ६८ जनाले जिते कोरोना

काठमाडौं, १६ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त ७ सय ६८ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विधिन्न संस्थागत...

जिल्ला कारागार झापाका १० कैदीबन्दीमा कोरोना

झापा, ९ असोज-जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा आज थपिएका १४ जना संक्रमितमध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन...

आज ३ हजार ९३ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित...

विराटनगरमा दिनदहाडै युवामाथि तरबार प्रहार गर्ने दुई जना पक्राउ, ६ जना अझै फरार

विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – ८ का २२ वर्षीय समीर हुसेन र विराटनगर – ६ का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्