मजदुरमारा देखियो माओवादी सरकार, मजदुरले पाएनन २६ महिनासम्म तलब

 न्यूज विराट
मजदुरमारा देखियो माओवादी सरकार, मजदुरले पाएनन २६ महिनासम्म तलब

सीपी लोहिया, न्युज कारखाना । बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थ वर्करहरूले २६ महिनासम्मको तलब पाएका छैनन । बिभिन्न चरणमा भएको सहमति कार्यान्वयन नहुँदा ती मजदुरले तलव नपाएका हुन । २३ महिनासम्मको तलब नपाएको भन्दै गत असारमा २३ दिन अनशन बसेका १२ जना लेन्थवर्करहरूलाई प्रक्रिया पुर्याएर तलब दिने वियमा सहमति भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

आफुहरूले तलब नपाउँदा चाडपर्व खल्लो भएको लेन्थवर्कर घनश्याम भट्टले बताउनु भयो । लेन्थवर्करहरू काम गरेबापतको पारिश्रमिक नपाएको भन्दै गत असारमा २३ दिनसम्म पाटनमा अनशन बसेका थिए । अनसनपछि प्रक्रिया पुर्याएर पारिश्रमिक दिने भनी जिल्लास्थित सरोकारवाला निकायका प्रमुखहरूसँग सहमति भएको थियो । सहमतिपत्रमा तलब खुवाउनका लागि पहल गर्नेदेखि उनीहरूलाई निरन्तर काममा लगाउने लगायतका बुँदाहरू समावेश गरिएका छन ।

आफूहरूको मागप्रति सरकारले वास्ता नगरेको लेन्थवर्कर लक्ष्मी पन्तले बताउनु भयो । ʻहामी विगत धेरै वर्षदखि सडकमा काम गर्दै आएका छौँ । कोही १२ वर्ष काम गरेका व्यक्ति छौँ भने एकजना ३२ वर्ष सडकमै काम गरेका व्यक्ति हुनुहुन्छ । हामीले विगतमा निरन्तर तलब पाउँदै आएका थियौँ । जब हामी काम गर्ने सडक संघीय सरकारबाट प्रदेश सरकार मातहत आयो भन्ने सुनियो । त्यसबेलादेखि तलब पाएका छैनौँ, उहाँले भन्नुभयो, हाम्रो समस्या नेता, सांसद मन्त्री सबैलाई सुनायौँ । आश्वासन सबैबाट पाइयो । तर, तलब पाइएनौँ । त्यसैले सडकमै २३ दिन अनसनमा बस्यौँ, जिल्लाका सबैजसो कार्यालयका प्रमुखहरु आउनुभयो । पहल गछौँ भन्नुभयो । तर अहिलेसम्म तलब पाएका छैनौँ ।’

विगतमा संघीय सरकार मातहत रहेको पाटन–पञ्चेस्वर ३५ किलोमिटर सडक प्रदेश सरकार मातहत आएसंगै लेन्थवर्करले तलब पाउन छाडेका हुन । उनीहरू आन्दोलनका क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेट्न धनगढी पुगेका थिए । प्रदेश सरकारबाट समेत प्रक्रिया पूरा गरेर तलब खुवाउने आश्वासन पाएका थिए ।

अहिले पाटन–पञ्चेस्वर सडक स्तरोन्नतीको क्रममा रहेकाले ग्वाल्लेक निर्माण सेवा मातहत काम गर्ने व्यवस्था मिलाइएको छ । गत १५ साउनदेखि ठेकेदार मातहत काम गरेको भए पनि हालसम्म ३ महिना बढी भएपनि तलब भने पाएका छैनन । प्रदेश सरकार मातहत रहेको पूर्वाधार विकास कार्यालय बैतडीको लापरबाहीका कारण आफूहरूले तलब नपाएको लेन्थवर्कहरुको आरोप छ । तर, पूर्वाधार विकास कार्यालयले भने अझै आफ्नो मातहतमा सडक नआइसकेको जनाएको छ ।

ठेकेदारले काम सम्पन्न गर्न बाँकी रहेकाले आगामी महिना १२ किलोमिटर सडक पूर्वाधार कार्यालयको मातहतमा आउने र बाँकी २३ किलोमिटर निर्माण सम्पन्न भएपछि मात्रै पूर्वाधार कार्यालय मातहत आउने पूर्वाधार बिकास कार्यालय प्रमुख जगतप्रसाद जोशीले बताउनु भयो ।

‘अहिले उक्त सडक ठेकेदारकै मातहतमा छ । आगामी महिना हाम्रो कार्यालय मातहत आएपछी हामी पहल थाल्छौँ । उनीहरूले लामो दुई वर्षसम्मको तलव नाएको विषयमा प्रदेश सरकारले निति निर्माण गर्नु बाँकी छ । नीति बनेपछि तलब आउँछ होला । तर, नीति निर्माण गर्न प्रदेशभरिका सबै जिल्लाका सबै सडकका लागि एकै पटक बन्ने हुँदा ढिलाइ भएको हुनसक्छ,’ जोशीले भन्नुभयो ।

सम्बन्धित समाचार

नेकपाकै नेताहरू कोरोना संक्रमणको जोखिममा गम्भीर भएनन् : प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोना...

विपन्न वस्तिमा हातेमालोद्वारा मास्क वितरण

विराटनगर, बैशाख २०–विभिन्न सामाजिक काम गर्दै आएको परिवर्तनकालागि हातेमालोले मास्क वितरण गरेको छ ।आज परिवर्तनका लागि हातेमालोले प्रहरी प्रशासन, तथा अति विपन्न वस्तिमा ७ सय थान मास्क बितरण गरेको हो । उनीहरुले हाम्रो अभियान हाटखोला...

हाइल्याण्ड स्कुलको वार्षिकोत्सव भव्य

  [caption id="attachment_47360" align="alignnone" width="1360"] पुरस्कार प्रदान गर्दै ६ नं. वडाध्यक्ष जय तामाङ ।[/caption] शनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे ८ मा स्थापित हाईल्याण्ड ईङ्लीस बोडिङ स्कुलले सांस्कृतिक कार्यक्रम र अभिभावक दिवस सम्मन्न गरको छ । आज...

४४ जना सहसचिव तथा उपसचिवहरुको सरुवा

काठमाडौं, १९ जेठ-गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार सुर्खेतका...

महिला टिमलाई विश्वकप पुर्याउने प्रशिक्षक महेश रिजाललाई विकेभिएम स्कुलले गर्यो सम्मान

विराटनगर । यु–१९ महिला क्रिकेट टोलीलाई विश्वकप पुर्याउने मुख्य प्रशिक्षक महेशप्रसाद रिजाललाई विराटनगरमा रहेको विकेभिएम स्कुलले सम्मान गरेको छ । शुक्रबार स्कुलमा आयोजित कार्यक्रममा स्कुलले रिजाललाई खादा, माला र मायाको चिनो प्रदान गरेको हो ।...

पत्रकार महासङ मोरङको कार्यबहाक बिबाद टुङ्गियो, भट्टराईलाई जिम्मा

विराटनगर । नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो...

हिसान स्पोर्टस मिट मंगलबारदेखि

विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्ट्स मिट मंगलबारदेखि सुरू हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा हिसान स्पोर्टस मिट हुन लागेको हो । हिसान मोरङले आइतबार...

नेपालमा एकैदिन २१४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्