बुटवल, कात्तिक १ । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा डुवेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका ४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।
भारतीय गोताखोरले शव फेला पारेपछि स्थानीयहरू नेपाली सुरक्षाकर्मीप्रति आक्रोशित भएका थिए । सोही क्रममा शवको मुचुल्का गर्न नदिने र पोष्टमार्टमको लागि पनि अवरोध गरिएको थियो । अवरोध गरिए पनि प्रहरीले सम्झाइबुझाइ शव भैरहवा भीम अस्पतलामा ल्याइ पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।
दुर्गा मूर्ति विर्सजनको क्रममा प्रायः वर्ष जसो दुर्घटना हुने गरेको छ । गत वर्ष पनि एक युवाको यसैगरी मृत्यु भएको थियो । विर्सजनलाई लिएर प्रहरीले उच्च सतर्कता अपनाउने गरे पनि दुर्घटना हुने गरेको छ ।