पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन

 न्यूज विराट
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले पौढ महिलाहरुलाई साक्षर बनाउने अभियान सुरु गरेको छ ।

अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर क्लबले मोरङको जहदा गाउँपालिका–२ का २० जना प्रौ महिलाहरुलाई साक्षर बनाउनका लागि पढाउन सुरु गरेको हो । क्लबले मझारेस्थित जनता माध्यमिक विद्यालयमा पौढ महिलाहरुलाई साक्षर बनाउन निशुल्क कक्षा सुरु गरेको हो ।

साक्षरता कार्यक्रमका लागि स्थानीय आरसीसी युवा स्वयंसेवक मधु मण्डलले सहयोग गरेकी छिन् । १ महिनासम्म सञ्चालन हुने साक्षरता कक्षामा सुनितादेवी मण्डलले प्रशिक्षण दिइरहेकी छन् ।

पौढ महिलाहरुलाई साक्षर बनाउनका लागि किताव, कापि, पेन्सिल, इरेजर, सार्पनर र झोलासमेत प्रदान गरिएको क्लबकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् । साक्षरता कक्षा सञ्चालनका लागि ८ हजार रुपैयाँ खर्च लाग्ने जनाइएको छ ।

साक्षरता अभियानको उघ्घाटनमा क्लबकी अध्यक्ष संचिता जैन, महासचिव अनिता सारडा, रोटरीयन गिरिजा सारडा, अर्चना शर्मा, जनसम्पर्क अधिकृत मञ्जु अग्रवाललगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

अर्किड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित अर्किड कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र अभिमुखिकरण गरिएको छ । कलेजले विराटनगरमा शुक्रबार कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई अभिमुखिकरण र स्वागत गरेको...

कोशी प्रदेशममा मन्त्रीपरिषद् विस्तार, थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका हुन् । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् भने लीलाबल्लभ...

सेन्ट जोसेफ स्कूलमा ग्राजुएसन

विराटनगर । विराटनगरको सेन्ट जोसेफ स्कूलमा प्रि स्कुल विद्यार्थीहरूको ग्राजुएसन समारोह सम्पन्न भएको छ। स साना विद्यार्थीहरू, अभिभावकहरू र शिक्षकहरूको उपस्थितिमा विद्यालयको प्रारम्भिक शैक्षिक यात्राको समापन मनाइएको हो। समारोहका प्रमुख अतिथि प्रधानाध्यापक एडोल्फ रोपरकले अभिभावकहरूप्रति...

बी डिभिजन क्रिकेट : मिल्स र बेलबारी सेमिफाइनलमा

विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले...

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सद्धारा १० लाखको दाबी भुक्तानी

विराटनगर । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनिको विराटनर शाखामा बिमा गरेका कटहरी गाउपालिका ४ का नरेश कुमार कामतका आमा जिन्दा देबि कामतलाई १० लाख ४६ हजार रुपैया दाबी...

विराटनगर महानगरमा मेयर पराजुलीले १८ औं पटक गरे दण्ड प्रणायाममा

विराटनगर, २४ कात्तिक । छठ पर्वका अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८ औं पटकको दण्डप्रणायाम गरेका छन् । मेयर पराजुले विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायान मन्दिरदेखि विराटनगर–१ सिंघीया खोला परोपकार घाटसम्मको साढे ३ किलोमिटरको...

संवैधानिक नियुक्ति विवादः सभामुख सापकाेटाकाे रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध सभामुख अग्नि सापकाेटाले दिएकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलासले संवैधानिक आयोगको नियुक्तिबारे परेको मुद्दामा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयसहित विपक्षीका...

२० बुँदे मागसहित मुक्ति समाज मोरङले प्रधानमन्त्री देउवालाई पठायो ज्ञापनपत्र

विराटनगर, ३ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज मोरङले विभिन्न २० बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज मोरङले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्