मोरङको कर्सियामा बैंक लुट्ने प्रयास, लुटेरा समुहले चलाएको गोलि लागि एक सुरक्षा गार्ड घाइते

 न्यूज विराट
मोरङको कर्सियामा बैंक लुट्ने प्रयास, लुटेरा समुहले चलाएको गोलि लागि एक सुरक्षा गार्ड घाइते

विराटनगर, २५ असोज । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा लुटाराहरुको समुहले बैंक लुट्ने प्रयास गरेको छ । सोमबार अपराहन्न लुटेराको एउटा समुहले कर्सिया बजारस्थित सिटिजन बैंकको शाखामा रकम लुट्ने असफल प्रयास गरेको हो ।

सोमबार दिउँसो सिटिजन बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेका लुटेराहरुलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । बैंक भित्र प्रवेश गर्न नदिएपछि उनीहरुले बैंकका एक जना सुरक्षा गार्ड माथि गोलि प्रहार गरेका छन् ।

गोलि प्रहारबाट गम्भिर घाइते भएका सुरक्षा गार्डको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटेराहरुले गार्डलाई गोलि प्रहार गरेपछि हो हल्ला भएर फरार भएका थिए ।

घटनाको केही समयमै बैक लुट्ने असफल प्रयास गरेका लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको छ । दुई भारतीय र एक नेपाली नागरिक रहेका लुटेराहरुलाई नेपाल भारत सीमा नजिकै खयरबनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक जनाद्र्धन जिसिले जानकारी दिए ।

पक्राउ गर्ने क्रममा प्रहरीले लुटेरामाथि गोलि चलाएको छ । प्रहरीको गोलि लागेर लुटेरा समुहका एक जना घाइते भएका छन् । पक्राउ परेका लुटेराहरुको पहिचान प्रहरीले गोप्य राखेको छ । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार

झापाको कचनकवलमा नवनिर्मित बोर्डर आउपोष्टको उद्घाटन

विराटनगर, १८ माघ । झापाको कचनकवल गाउँपालिका–४ खुट्टामुनीस्थित नवनिर्मित सशस्त्रप्रहरी बल नेपालको बोर्डर आउट पोष्ट उद्घाटन भएको । एक कार्यक्रमकाबीच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईल नवनिर्मित बिओपीको उद्घाटन गनुभएको छ । कार्यक्रममा प्रदेश...

प्रदेश १ मा आ १०७१ संक्रमित थपिए, ५ जनाको मृत्यु

विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३...

‘कैची’ प्रहार गरेर मोरङ कटहरीका करण यादवको हत्या, चार जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – १ जमटोकी घर भएका २२ वर्षीय करण कामत हत्या भएको छ । चार जना युवाले कैची प्रहार गरेर उनको सोमबार राती हत्या गरेका हुन् । हत्या आरोपमा विराटनगर–११ घर...

महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

महोत्तरी, माघ २१–कोरोना भाइरसको संक्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ...

फोनेशन इन्टरनेशलको शाखा कार्यालय विराटनगरमा

विराटनगर । विराटनगरको ट्राफिक चौकमा फोनेशन इन्टरनेशल कन्सलटेन्सी संचालनमा आएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी नेपालमा ९ औं शाखाको रूपमा विराटनगरमा फोनेशनल इन्टरनेशनल कन्सलटेन्सी संचालनमा ल्याएको हो । फोनेशन इन्टरनेशलको केन्द्रीय कार्यालय...

एमालेको १० औं महाधिवेशन प्रतिनिधि चयनका लागि मोरङमा कात्तिक २७ गते निर्वाचन

विराटनगर । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि चयन गर्न मोरङमा कात्तिक २७ गते निर्वाचन हुने भएको छ । आज एमाले पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचन मिति तय गर्दै विभिन्न जिम्मेवारीहरु...

वायु प्रदूषण उच्च भएकाले मर्निङवाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, २१ पुस-काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाकमा नस्किन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले सुचना जारी गर्दै अकास्मात आएको वायु प्रदूषण उच्च भएकाले केही समय मर्निङवाकमा निस्कन नहुने, आगो...

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

विराटनगर, ७ साउन । सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्