यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

 न्यूज विराट
यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

इनरुवा, २५ असोज-जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार लिम्बू रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
उनीहरुलाई आइतबार इटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट तीन किलो यार्सागुम्बासहित पक्राउ गरेको थियो । गोप्य सूचनाका अधारमा जिप्रकाबाट गएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो दिनुभयो ।

सम्बन्धित समाचार

‘क्वालिटी’ आइसक्रिम पार्लर विराटनगरमा

विराटनगर । दुबईको प्रख्यात ‘क्वालिटी’ आइसक्रिम पार्लर अब विराटनगरमा पनि उपलब्ध भएको छ। ५० वर्षको लामो इतिहास बोकेको यो विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड पहिलोपटक कोशी प्रदेशमा विराटनगरको सेन्ट्रल मलमा सञ्चालनमा आएको हो।सन इन्टरनेशनल इनकर्पोरेटेड प्रालि...

क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुको गुनासो

विराटनगर, जेठ ३१–प्रदेश १ मा निर्माण गरिएका क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुले बताएका छन् । शनिबार प्रेस संगठन मोरंगले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले क्वारेन्टाईन व्यवस्थित नभएकाले...

एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न सकिन्न : प्रचण्ड

काठमाडौं, १७ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष दाहालले...

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने सूचना राजपत्रमा प्रकाशित

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुला भएको छ । त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको हो । सोमबार राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो...

पूर्वमन्त्री मण्डलद्धारा जहदा गाउँपालिकालाई राहत हस्तान्तरण

विराटनगर, जेठ १४-पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले जहदा गाउँपालिकालाई राहत हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका परिवारलाई वितरण गर्न गाउँपालिकालाई ५ हजार...

कोरोना देखिएपछि सिल गरिएको धनकुटा अस्पताल आइतबारदेखी संचालन गरिने

विराटनगर, जेठ ९–अस्पतालकै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जेठ ४ गतेदेखि बन्द रहेको धनकुटा अस्पताल आइतबारदेखि संचालनमा आउने भएको छ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरश मेहताले आज प्रेस विज्ञप्ति जारी गरि...

प्रदेश १ मा सत्ता गठबन्धनबाट नेकपा (एस) की जयन्ती राई विजयी

विराटनगर, १२ माघ । बुधबार भएको राष्ट्रियसभा निर्वाचनममा प्रदेश १ मा सत्ता जगठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा (एस) की नेतृ जयन्ती राई विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीलाई पराजित गरेकी हुन्...

काठमाडौंमा भाइले गरे दाइको हत्या

विराटनगर । काठमाडौंमा हतौडा प्रहार गरी भाइले दाइको हत्या गरेका छन्। सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका(२३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। घरायसी विवाद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्