भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम

 न्यूज विराट
भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम

नयाँ दिल्ली, २३ असोज-भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि सात महिना पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार भारतमा अहिले दुई लाख ३६ हजार ६४३ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । अघिल्लो दिन भने दुई लाख ४० हजार २२१ जना रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका थिए ।
भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो ।
पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या २३ हजार ७० रहेको छ । यो सङ्ख्या सोही अवधिमा नयाँ सङ्क्रमितहरुको भन्दा झण्डै चार हजार बढी हो ।
भारतमा अहिलेसम्म तीन करोड ३२ लाख ४८ हजार २९१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । गत शुक्रबार १२ लाख ६९ हजार २९१ जनाको कोरोना परीक्षण गरिएको छ भने अहिलेसम्म कुल ५८ करोड १३ लाख १२ हजार ४८१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

फरुवाले हानेर ज्ञानचन्द ऋषिदेवको हत्या

विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ घर भएका ४७ वर्षीय रिङ व्यवसायी ज्ञानचन्द ऋषिदेवको फरुवा प्रयोग गरेर हत्या भएको खुलेको छ ।ऋषिदेवको सोमबार बिहान टाउको छुटिएको अवस्थामा शव गढी गाउँपालिका २ थलाहामा भेटिएको थियो...

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, को बन्दैछन् मुख्यमन्त्री ?

विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।प्रदेश १ को मुख्यमन्त्रीमा...

दैनिक उपभोग्य वस्तु गोदाममा छ, बजारमा छैन

स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाएको छ ।...

अमेरिकी गुप्तचरले भने– कोरोना भाइरस मानव निर्मित होइन

एजेन्सी, बैशाख १९-कोरोना भाइरसको उत्पत्तिका विषयलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलिरहेका बेला अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् । यूएस...

विराटनगरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू)

विराटनगर । झी : पुच विराटनगरले गाईजात्रा पर्व मनाएका छन् । विराटनगरमा मंगलबार सामुहिक गाईजात्रा निकालेको हो । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि...

नेपाल प्रहरीमाथि जाइ लाग्ने चिनियाँ नागरिकलाई मुद्दा लगाइने

 काठमाडौं, २७ वैशाख-सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने ४ चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र...

३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित

चितवन, २० पुुस-सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित हुनुभएको छ । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आउनुभएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट...

आज मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही

काठमाडौं, ३ भदौ-काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरू कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्