आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

 न्यूज विराट
आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

काठमाडौँ, २२ असोज-काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो ।
महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन् ।
कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भन्नुभयो, “स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि तीनदिने खोप कार्यक्रम चलाउन लागेका हौँ ।”
खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ ।
खोप कार्यक्रम विहान १०ः०० देखि अपरान्ह ४ः०० बजेसम्म सञ्चालन हुनेछ । विद्युतीय दर्ता नम्बरका लागि वेबसाइट vaccine.mohp.gov.np बाट सेवा लिन सकिने व्यवस्था छ । (रासस) 

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

पोखरा,  २ भदौ-पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुने संक्रमित तनहुँकी महिला हुन् । उनको आज बिहान कास्की सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।   तनहुँ ब्यास-१ अम्रेनीकी...

वीरगञ्जको कोरोना विशेष अस्पतालमा १ जना बिरामीको मृत्यु

वीरगञ्ज, २२ साउन-पर्साको वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरका ५६ वर्षीय पुरुष छन् । मधुमेह र मुटुका रोगीसमेत रहेका उनी श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि नारायणी...

प्रचण्डलाई भीम रावलले भने, ‘पदको झगडामा म सामेल छैन’ 

काठमाडाैं, १३ साउन-नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । बालुवाटार भेलामा रावलले पदका लागि भइरहेकाे झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन्...

नेकपा सचिवालय : ओली र प्रचण्डका पत्रबारे छलफल, ३ मंसिरमा बैठक बस्ने

काठमाडौं, २८ कात्तिक-सत्तारूढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई पठाएका पत्रबारे छलफल भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको आवश्यकत महसुस गर्दै कार्यकारी अध्यक्ष...

कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, ७ वर्षीय बालकको मतिष्कमा गाडिएको हड्डी निकाल्न सफल

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी...

स्वास्थ्य मन्त्रालयले भन्यो : फेरि लकडाउन हुँदैन

काठमाडौं १६ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी (लकडाउन) नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ । यही ७ असोजमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले...

भोलीदेखि धरानमा कोरोना भाइरस परिक्षण सुरु हुँदै

विराटनगर, चैत १५–आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाभाइरस(कोभिड–१९) को परीक्षण सुरू हुने भएको छ । परीक्षणका लागि सबै तयारी पूरा भइसकेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले बताए। विभिन्न...

थप १९ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २ सय ६ पुग्यो

काठमाडौं, १६ जेठ-शुक्रबार थप १९ जना संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ सय ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्