विराटनगरमा पनि काट्न थालियो तार

 न्यूज विराट
विराटनगरमा पनि काट्न थालियो तार

विराटनगर, १६ असोज । लामो समयदेखि पोलभाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विराटनगरमा पनि केवल तथा इन्टरनेटको तार काट्न थालेको छ । यससँगै विराटनगरका विभिन्न स्थानमा इन्टरनेट र केवल सेवा अवरुद्ध भएको छ ।

२०७३ साल यता बिजुली पोलको भाडा नतिर्ने इन्टरनेट र केवल टेलिभिजन सेवा पदायकले जडान गरेको तार प्राधिकरणले काट्न थालेको हो ।

शनिबार प्राधिकरणले विराटनगरको पुष्पलाल चोक, बुढीगंगा र ग्रामथान गाउँपालिकाबाट तार काट्न सुरु गरेको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले जानकारी दिए ।

उनले शनिबार पोल भाडा नतिर्ने तीन स्थानमा सुविसु, वल्र्डलिंक, क्लासिटेक, भायानेटलगायत आधा दर्जन कम्पनीको तार काटिएको बताए ।

उनले २०७३ सालदेखि सेवा प्रदायक कम्पनीहरुले पोल भाडा नतिरेको र सरकारले तिर्न अल्टिमेट दिँदा पनि अटेर गरेपछि तार काट्न थालिएको बताए ।

तार काटिएसँगै तार काटिएका क्षेत्रमा अहिले इन्टर र केवल टेलिभिजन अवरुद्ध भएको छ ।

 

सम्बन्धित समाचार

मोरङ–३ मा पूर्वमन्त्री ढकाल र शर्माबिच चुनावी भिडन्त पक्का

विराटनगर, १९ भदौ । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) बाट पूर्वमन्त्री भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनिल शर्माबिच प्रतिष्पर्धा हुने पक्का भएको छ । सो क्षेत्रबाट एमालेले ढकाल र शर्मालाई...

पोखराका व्यवसायीले लकडाउन अवज्ञा गर्ने  

पोखरा, २१ जेठ-पोखरा उद्योग वाणिज्य संघले लकडाउनको खुकुलो नबनाए अवज्ञा गर्ने बताएको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरूलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरकारलाई आग्रह गरेको छ । संघले बुधबार आयोजना गरेको पत्रकार...

सुनसरीमा ५६ संक्रमित थपिए

विराटनगर, १६ भदौ–सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।...

बिहान बेलुकै भात खाने बानीले धान आयात बढ्यो : प्रधानमन्त्री ओली 

 काठमाडौं, १४ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले साँझबिहान भात खाने प्रचलन बढेकाले भारतबाट वर्षेनी ठूलो मात्रामा धान आयात भइरहेको बताएका छन् । ‘पछिल्ला केही वर्षहरुमा जनसंख्या बृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुबै छाक भात...

प्रतिनिधिसभा विघटनबारे आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ

काठमाडौं, २२ पुस-प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस हुँदैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, अधिवक्ता दिनेश...

३ महिनामै विश्व व्यापार ३ प्रतिशतले घट्यो, मन्दी गहिरिने आशंका

एजेन्सी, जेठ १-सन् २०२० को पहिलो तीन महिनाभित्र संसारको व्यापार ३ प्रतिशतले घटेकाे छ । संयुक्त राष्ट्र संघको व्यापार निकायले यस्ताे विवरण सार्वजनिक गरेकाे हाे । उक्त संस्थाले यस्तो गिरावट अबको तीन महिनापछि अझै चिन्ताजनक...

बालिका बलात्कार आरोपमा २ युवक पक्राउ

कैलाली, ५ असार-कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।प्रहरीले गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका-४ बस्ने १९ वर्षका का नवीन सावद र सोही ठाउँका...

प्रदेश २ मा थप १२१ जनामा संक्रमण

जनकपुर, २२ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । सर्लाही र सिरहामा दुई/दुई जना र पर्सामा एकजना गरी पाँचजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकमध्ये...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्