विश्व मुटु दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनको प्रौढलाई सहयोग

 न्यूज विराट
विश्व मुटु दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनको प्रौढलाई सहयोग

विराटनगर, १५ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विश्व मुटुरोग दिवसको अवसर पारेर प्रौढलाई सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले रोट्राक्ट क्लब अफ नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलसँगको सहकार्यमा दिवसको अवसर पारेर प्रौढलाई सहयोग कार्यक्रम सञ्चालन गरेको हो । दिवसको अवसरमा विराटनगर—८ अशोक चोकस्थित विराटेश्वर बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुको स्वास्थ्य जाँच गरिएको छ ।

स्वास्थ्य जाँच शिविरमा बद्धबृद्धाको रक्तचाप, आँखा मधुमेह, मुटुलगायत निशुल्क परिक्षण गरिएको थियो । चिकित्सकले इसीजी गरेर बृद्धबृद्धाको मुटु ठिक रहेको वा नरहेको जाँच गरेका थिए ।

कार्यक्रममा नोबेल मेडिकल कलेजका वरिष्ठ छाती तथा फोक्सो रोग विशेषज्ञ डा. फरमुद अन्सारी, डा. संजय मण्डल, डा. श्रीप्रसाद साह र डा. सनेश साहको सहभागिता रहेको थियो ।

स्वास्थ्य जाँचबाट आश्रममा आश्रित ५५ जना बृद्धबृद्धा लाभान्वित भएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् । सो अवसरमा आश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई फलफूल तथा जुस समेत वितरण गरिएको क्लकी महासचिव अनिता सारडाले बताइन् । स्वास्थ्य जाँच र फलफूल वितरुणबाट बृद्धबृद्धाले खुशि व्यक्त गरेका थिए ।

प्रौढलाई सहयोग कार्यक्रम रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैन, महासचिव अनिता सारडा र जनसम्वर्प अधिकारी मञ्जु अग्रवालको सकृयतामा सञ्चालन गरिएको हो ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले कोरोना माहमारीको समयमा संक्रमणको जोखिमलाई पनि बेवास्ता गर्दै सामाजिक कार्यहरु गर्दै आएको छ । क्लबले कोरोना माहमारीको जोखिममा पनि सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ ।

केही दिन अघि मात्र क्लबले हामी युवा नामक सामाजिक संस्थालाई २५० भन्दा बढी बहुउपयोगी पुस्तकहरु समेत हस्तान्तरण गरेको थियो । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले नियमितरुपमा सामाजिक कार्यहरु गरिरहेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा शंकास्पद १० हजार बढीको परीक्षण गर्ने तयारी

विराटनगर, जेठ १–प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १० हजार बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान...

मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल चयन

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल अध्यक्षमा चयन भएका छन् । विराटनगरमा शुक्रबार भएको ट्रष्टको आठौं वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशनबाट डंगोल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । डंगोल खेलकुद क्षेत्रमा...

प्रहरी भ्यानमा स्थानीयवासीले आगो लगाए

सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् । आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय...

कोरोना भाइरसको महामारीकाबीच पर्यटकका लागि दुबई खुल्यो

एजेन्सी, असार २३-कोरोना भाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । कुवेतका ठुलठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन...

३० हजारको रेम्डेसिभिर १ लाख २० हजारमा बेच्न खोज्ने पक्राउ

कोभिड-१९ संक्रमितलाई आवश्यक पर्ने रेम्डेसिभिरलाई कालोबजारी गर्ने एक व्यक्ति काठमाडौंको बसुन्धराबाट पक्राउ परेका छन् । ३० हजार पर्ने ६ थान रेम्डेसिभिर १ लाख २० हजारमा बिक्री गर्न खोज्ने गोरखा आरुघाट-४ भर भई काठमाडौंको टोखा बस्ने २५...

सुरक्षाकर्मी जोखिमकाबीच कर्तव्यपथमा, ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ जेठ-मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना...

आज २ हजार ७१ संक्रमित थपिए, १५ सय ५२ जना डिस्चार्ज

काठमाडौं, २५ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ को पीसीआर गर्दा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएकामध्ये १ हजार...

एकदिने भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री वेई

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल-चीन सम्बन्धको ६५औँ वर्षगाँठको अवसर पारेर आइतबार बिहान नेपाल आएका रक्षामन्त्री वेई साँझ स्वदेश फर्किएका हुन् । उनी काठमाडौंमा रहँदा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्