पछिल्लो २४ घण्टामा ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ जना सङ्क्रमितको मृत्यु

 न्यूज विराट
पछिल्लो २४ घण्टामा ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ जना सङ्क्रमितको मृत्यु

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १ सहजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३ जनाको नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये ११ हजार ६ सय ७२ जनाको पीसीआर र २ हजार ३ सय ३१ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

त्यस्तै १ हजार ३ सय १८ जना कोरोना भाइरसको संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । हाल १८ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

अहिले ३ सय ६४ जनाको सघन उपचार कक्षमा र १ सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ ।

त्यस्तै १७ हजार १ सय २५ जना होम आइसोलेसन र १ हजार २ सय ९७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । ३ सय २८ जना क्वारिन्टिनमा छन् ।

सम्बन्धित समाचार

बाबुरामले भने : लोकतन्त्रका हत्यारादेखि सावधान

समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले पार्टी फुटाउने उद्देश्यले अध्यादेश ल्याएर लोकतन्त्रविरुद्ध गम्भीर अपराध गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले कोरोनाविरुद्ध लड्नुपर्ने यस्ताे संकटकालिन अवस्थामा सरकारले अध्यादेश...

लक डाउनलाई थप कडाईका साथ कार्यान्वयन गर्दै प्रदेश सरकार

विराटनगर, चैत २८–प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला तथा जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र...

अदालतको फैसला अन्तिम हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, ३ माघ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताएका छन् । अदालतमा विचाराधीन विषयमा अनेक टिकाटिप्पणी आएको भन्दै उनले फैसलापूर्व टिकाटिप्पणी गर्न आवश्यक...

मोरङको लेटाङमा पनि एमाले विजयी

विराटनगर, ४ वैशाख । मोरङको लेटाङ नगरपालिकामा पनि एमाले विजयी भएको छ । मेयर उपमेयर दुवै पदमा विजयी भएको हो । मेयरमा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन्...

अमेरिकी गुप्तचरले भने– कोरोना भाइरस मानव निर्मित होइन

एजेन्सी, बैशाख १९-कोरोना भाइरसको उत्पत्तिका विषयलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलिरहेका बेला अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् । यूएस...

समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो तयार भइसक्यो

काठमाडौं, माघ १५–प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अन्तरालमा देशले समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो समातेको बताएका छन् । उनले नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सरकार बनेको दुई वर्षमा मुलुकले अग्रगामी...

युवा संघद्धारा विराटनगरमा राके जुलुस

विराटनर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासको विरोधमा विराटनगरमा राके जुलुश निकालेको छ । एमालेका भातृ संगठन युवा संघ नेपाल मोरङले विरोध स्वरुप विराटनगरमा राँके जुलुश निकालेको हो । पार्टी अध्यक्ष...

कोरोना परीक्षण भन्दै झुक्याएर कतारले निष्कासन गर्‍यो कैयौँ कामदार : एम्नेस्टी

काठमाडौं, ४ वैशाख-कोरोना भाइसर (कोभिड–१९ परीक्षण) गर्ने भन्दै झुक्याएर कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत फागुन २९ र ३० मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्