विराटनगर, ११ असोज । विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ । प्राविधिक समस्या आएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्किएको थियो ।
बुद्ध एयरको ‘एएनआई एटिआर’ जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि विराटनगरमा अवतरण हुन नसकेकाे उक्त जहाज काठमाडौंमा सफल अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार जहाज अवतरण गराउन सबै सुरक्षाका व्यवस्था गरिएको थियो ।
विमानस्थलमा सम्भावित दुर्घटनालाई मध्येनजर गरेर फर्म बिच्छ्याउनुका साथै दमकल र एम्बुलेन्ससहितका उद्धारकर्मीलाई तम्तयार हालतमा राखिएको थियो ।