मगही भाषालाई मातृ भाषा उल्लेख गर्न विराटनगरका सरोकारवालाहरुको माग

 न्यूज विराट
मगही भाषालाई मातृ भाषा उल्लेख गर्न विराटनगरका सरोकारवालाहरुको माग

विराटनगर, १० असोज । यस वर्षको राष्ट्रिय जनगणनामा मगही भाषालाई प्रत्येक मगही भाषीहरुले मातृभाषाको रुपमा लेखाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

भाषा संस्कृति प्रतिष्ठान, मोरङद्वारा “राष्ट्रिय जनगणना २०७८ मा मगही भाषा अभिलेखिकरण “बिषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रदेश १ की प्रदेश सांसद बसन्ती देवी यादवले मगही भाषालाई संरक्षण गर्न मगही भाषीहरुले थरको पछाडी र मातृभाषा अनिवार्य मगही लेखाउनु पर्ने बताउनु भयो।

मगही भाषा संरक्षणको लागि सबैले आफ्नो तर्फबाट पहल गर्नुपर्नेमा उहाँले जोड दिनु भयो। कार्यक्रममका बुद्धिजीवी राजेन्द्रप्रसाद गुप्ताले जनगणनामा मगही भाषालाई अधिक भन्दा अधिक समावेश गराउनुपर्नेमा जोड दिनु भयो। भाषा संस्कृति प्रतिष्ठान मोरङका केन्द्रीय अध्यक्ष जयप्रकाश महतोले भाषाको कोड नम्बर २७ मा रहेको मगही भाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्नेमा जोड दिनु भयो।

मगही भाषा वैदिककालदेखि स्थापित रहेको भाषा हो । प्रदेश नम्बर १ र २ मा मगही भाषा बोल्नेको संख्या मैथिली भाषीहरुको तुलनामा बढी भएपनि भाषा आयोगले मगही भाषालाई बेवास्ता गर्दै मैथिली भाषालाई सिफारिस गरिएकोमा सहभागीहरुले असन्तुष्टि जनाएका छन् ।

सम्बन्धित समाचार

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

बुटवल, २ जेठ-प्रदेश-५ का कोनाना संक्रमितको संख्या १ सय नाघेको छ । शुक्रबार विहान सार्वजनिक भएको संक्रमणमा बाँकेका थप ८ जनामा कोरोना पुष्टि भएसँगै यो प्रदेशमा कुल संक्रमितको संख्या १ सय २ पुगेको हो ।...

मेरिल्याण्डका रमननाथ गिरीलाई मिस्टर पूर्वाञ्चलको उपाधि

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका रमननाथ गिरीले मिस्टर एण्ड मिस पुर्वाञ्चल प्रतियोगिताको उपाधि जितेका छन् । मेरील्याण्ड कलेजमा कक्षा–१२ मा अध्यररत छात्र गिरी विराटनगरमा सम्पन्न भएको मिस्टर पुर्वाञ्चलको उपाधि जित्न सफल भएका हुन् । उनले...

झापामा मौलायो तस्करी, यी नाकाबाट खुलेआम भित्रिन्छ लत्ताकपडा (भिडियोसहित)

झापा । प्रदेश १ को तराइको तीन जिल्लामध्ये सबैभन्दा ठुलो सीमा नाका रहेको झापामा तस्करी धन्दा मौलाएको छ । १ सय ६३ किलोमिटर सीमा क्षेत्र रहेको झापामा प्रहरीले तस्करीको लाइन दिएको कारणले खुलेआम तस्करी हुने...

खुकुलो बनाउदै मोरंगमा फेरी थपियो एक हप्ता निषेधाज्ञाा

विराटनगर, २१ असार । अझ खुकुलो प्रावधानसहित मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले यस अघि भन्दा अझ खुकुलो बनाउदै निषेधाज्ञाको समयावधि एक साता थप गरेको हो । जिल्ला प्रशासन...

विराट नर्सिङ होममा सिण्डीकेट, भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलित

विराटनगर । विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सुरक्षागार्डले बाहिरका फार्मेशीका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो एवान फार्मेशीका कर्मचारी प्रितम तामाङ्गलाई विराट नर्सिङ होमका सुरक्षा गार्डले हस्पिटल...

हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु

एजेन्सी, १७ कात्तिक-अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरूको मृत्यु भएको छ ।  देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डरसमेत रहेको जनाइएको छ । घटनाका बारेमा थप विवरण संकलन...

बुद्धका उपदेश पालना गरे राष्ट्रिय एकता थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति भण्डारी

काठमाडौं, २५ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले २ हजार ५६४औँ बुद्धजयन्तीका अवसमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिंसाप्रेमी सम्पूर्णमा शुभकामना व्यक्त गरेकी छिन् । आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका...

उद्योग वाणिज्य महासङ्घको सहयोग

नेपाल उद्योग वाणिज्य महासङ्घले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य सङ्घमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई ५/५हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महासङ्घका अध्यक्ष भवानी राणाको अध्यक्षतामा हिजो बसेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्