दल विभाजन अध्यादेश र नेकपा एस दर्ता बदर गर्ने रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरू

 न्यूज विराट
दल विभाजन अध्यादेश र नेकपा एस दर्ता बदर गर्ने रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरू

काठमाडौं, ८ असोज । राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश, त्यसका आधारमा निर्वाचन आयोगले संशोधन गरेको नियमावली र त्यसपछि दर्ता भएको नेकपा एकीकृत समाजवादी खारेजीको माग गर्दै परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरू भएको छ ।

अधिवक्ता श्रीकान्त बरालले निर्वाचन आयोग,नेपाल सरकार र सभामुख अग्नि प्रसाद सापकाटोसहितलाई विपक्षी बनाएर दायर गरेको रिटले संवैधानिक इजलासमा प्रवेश भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको इजलासमा बरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । सो मुद्दामा रिट निवेदकको पक्षबाट पूर्व महान्यायाधिवक्ता रमेश बडालसहितले बहस गर्दैछन् ।

रिटमा संसद चलिरहेको बेला हठात अन्त्य गरेर ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश र नियमावली बदर गर्न तथा सोही अध्यादेश अनुसार दर्ता भएको नेकपा एकीकृत समाजवादीमा एमालेले निष्कासन गरिसकेका व्यक्तिहरुको सनाखत गराइएकाले सो दल दर्ता नै बदर गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा थप पाँच संक्रमितको मृत्यु 

विराटनगर, २५ असोज-प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति तीन र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।  बीपी...

११३ वर्षीया मारियाले जितिन कोरोना

एजेन्सी, बैशाख ३१-स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त...

विराटनगरबाट सट्टाबाजी गर्ने तनी पक्राउ

विराटनगर, ३ कात्तिक–छिमेकी मुलुक भारतको युएइमा जारी इन्यियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी खेलाउने विराटनगरका तीन जना पक्राउ परेका छन् । आइपिएलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ...

ओली समूहको शक्ति प्रदर्शन आज, १६ स्थानबाट जुलुस निस्कँदै

नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौं शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसका लागि विभिन्न १६ स्थानबाट जुलुस निकाल्ने तयारी भइरहेको छ । जुलुसपछि नारायणहिटीअगाडि सभा हुनेछ । उक्त सभामा प्रधानमन्त्री ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम...

कांग्रेस महाधिवेशन प्रभावित, क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन

कोरोना भाइरसको जोखिमका कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो । यसअघि नै पार्टीका ठूला सभा–सम्मेलन नगर्ने...

कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक...

श्रमिकको तलब २५ हजार पुर्‍याउन माग राख्दै सडकमा ट्रेड युनियन

विराटनगर । संयूक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब मासिक २५ हजार पुर्‍याउन माग गर्दै सडक आन्दोलनको कार्यक्रम सुरु गरेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था...

इलाममा सवारी दुर्घटना एक जनाको मृत्यु

विराटनगर, १५ माघ । इलाम नगरपालिका–९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्