विराटनगरमा ३१ सहित प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ३१ सहित प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण

विराटनगर, ७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १४, मेचीनगरमा १२, अर्जुनधारा र कनकाईमा ११–११, दमकमा ८, बुद्धशान्तिमा ५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा ३, गौरादहमा २, शिवसताक्षी, गौरीगञ्ज र हल्दिबारीमा १–१, मोरङको विराटनगरमा ३१, केराबारीमा ५, पथरीशनिश्चरे र उर्लाबारीमा ४–४, कटहरीमा ३, कानेपोखरीमा २, सुनबर्षी, जदहा, रंगेली, बुढीगंगा र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा १४, इनरुवा, बराहक्षेत्र, धरान र बर्जुमा २–२, रामधुनी र दुहवीमा १–१, इलामको इलाम नगरपालिकामा ४, देउमाई र माईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, उदयपुरको बेलका र चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२५ महिला र १२१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

एईईमा ४ जीपए ल्याउने शिरीन भट्टराईलाई बुढानीलकण्ठ स्कुलको सम्मान

विराटनगर । एसईईको परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी शिरीन भट्टराईलाई विराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. ले सम्मान गरेको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । एसईईको...

मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार बुद्ध जयन्तीको अवसर पारेर नृत्य प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगिताको प्रथम उर्वी काफ्ले, अलिशा श्रेष्ठ, अनुस्का मण्डल, श्रेया कोइराला,...

नेकपाले आयोजना गरेको रक्तादानमा ६७ पिन्ट रगत संकलन

विराटनगर, बैशाख २४–नेकपा विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ गरिएको...

पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथ र सहयोग आवश्यक : नाट्ट अध्यक्ष भट्टराई

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्षमा पुण्य प्रसाद भट्टराईले पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथसहयोगको खाँचो रहेको बताएका छन् । झापाको दमकमा सुरु भएको दशौं दमक फुट फेस्टिबलको उद्घाटन...

प्रदेश १ मा शनिबार १३ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर २७ असार–प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरङमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

लखिमपुर हिंसा : पूर्व मुख्यमन्त्री अखिलेश यादव पनि पक्राउ

लखिमपुर हिंसा प्रकरणपछि लखनऊस्थित आफ्नै निवासमा धर्नामा बसेका उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवलाई पनि प्रहरीले हिरासतमा लिएको छ । यसअघि भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई लखिमपुर जाने क्रममा प्रहरीले बाटोबाटै पक्राउ गरेको थियो ।...

विराटनगर महानगरले स्थापना गर्यो ‘राहत कोष’

विराटनगर, चैत १५–‘लक डाउन’ का कारण भएको खाद्यान्न अभाव न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ । महागरपालिकाले नगरक्षेत्रभित्रका अति विपन्न, गरिब तथा सुकुम्बासी परिवारहरुमा पर्न गएको खाद्यान्न अभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न...

विराटनगरमा ४९ सहित प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

विराटनगर, ६ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्