नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन

 न्यूज विराट
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर ६ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र बनाएको हो । अभियान अन्तर्गत मोरङको रंगेलीमा सम्पन्न भेलाले नगरपालिकाको ९ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

राष्ट्रियसभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज १ नं. प्रदेश इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यतामा रंगेली–७ बसपार्कस्थित पार्टी कार्यालयमा सम्पन्न मुक्ति समाजको नगरस्तरीय भेलाले ललितबहादुर सार्कीको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा आनन्दी ऋषिदेव, सचिवमा गुलबचन्द सरदार, सह–सचिवमा प्रमोद सरदार र कोषाध्यक्षमा विनोद सरदारलाई चयन गरेको छ ।

त्यस्तै उक्त भेलाले सदस्यहरुमा किशोर (किशन) विश्वकर्मा, प्रकाश कार्कीढोली, चिनिया ऋषिदेव, राम परियार, केदार दमाई, भोला सरदार, जोगानन्द ऋषिदेव, लक्ष्मि वि.क, महानन्द ऋषिदेव, मुकुन्द सरदार, उमेश पासवान, तारादेवी सरदार, सुगेश्वर ऋषिदेव, प्रमिला सरदार, भूने सराइली, अमरलाल ऋषिदेव, पुरण सरदार, ताराचन्द सरदार, राजकुमारी ऋषिदेव, मञ्जु सरदार, सरोज सरदार, जित बहादुर बि.क., सुरेन ऋषिदेव, रञ्जीत मोची, सन्ध्या सरदारलाई चयन गरेको छ ।

त्यस्तै अन्य सदस्यहरुमा सीता बि.क., जलेश्वर सरदार, चानुदेवी सरदार, घुरन सरदार, सुनिल सरदार, विनोद हरिजन, सुहागीदेवी सरदार, मनोज मल्लिक, उर्मीलादेवी सरदार, शुशिल बि.क., महेन्द्र सरदार, गणेश ऋषिदेव, अधिकचन्द सरदार, सविन बि.क, हेमराज परियार, रामावतीदेवी सरदार, सिताराम सरदार, विजय सरदार र सलबहादुर नेपाली लगायत रहेको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

भेलाले छनौट गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका सह–ईन्चार्ज जितनारायण सरदारले गरेका थिए ।

नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का अध्यक्ष सोम पोर्तेलले शपथग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) प्रदेश कमिटी सदस्य, मुक्ति समाज प्रदेश १ का इन्चार्ज तथा राष्ट्रियसभाका पूर्व सांसद खेम नेपालीले दलित समुदायका मुद्धा एमालेले मात्र सम्बोधन गर्ने बताए ।

उनले सवैभन्दा विपन्न र भूमिहिन दलित समुदाय रहेकाले एमाले नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेर जग्गा वितरणको प्रकृया सुरु गर्न लागेको बेला सर्बोच्च परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग नै विघटन गरेर दलित समुदायमाथि कुठाराघात गरेको बताए ।

नेता नेपालीले दलित समुदायलाई राजनीतिक रुपमा सवैभन्दा पहिले एमालेले संगठित गरेर हक अधिकारका लागि लड्न सक्ने बनाएको बताए । उनले सिंगो दलित समुदायको अधिकारका लागि मुक्ति समाजले अगुवाई गर्दै आएकाले सम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का अध्यक्ष सोमनाथ पोर्तेलले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदायमाथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा (एमाले) मोरङका सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका सह–इन्चार्ज जितनारायण सरदारले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै रंगेलीका सवै दलित समुदायलाई मुक्ति समाजमा संगठित गर्न निर्देशन दिए ।

कार्यक्रममा नेकपा (एमाले) मोरङका सचिवालय सदस्य तथा रंगेली इन्चार्ज मनोज अग्रवालले संगठित भएर मात्र आफ्नो अधिकारका लागि लड्न सकिने बताए । उनले एमाले मात्र देश र जनताका लागि काम गर्ने पार्टी भएकाले अब हुने तीनै तहको निर्बाचनमा एमालेलाई जिताउनुपर्ने बताए ।

कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्य दिपेन्द्र पासवान, नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्य डिल्ली घिमिरे, डिल्ली दाहाल, सन्तोष साह, प्रदिप साह, इर्जालाल राजवंशी, भूमा पराजुली, नेकपा (एमाले) रंगेली नगर कमिटी अध्यक्ष दलबहादुर बस्नेत, सचिव जितलाल मण्डल, मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्मागायतले नवगठित कमिटीलाई शुभकामना दिँदै नगरका सवै वडामा वडा कमिटी विस्तार गर्न निर्देशन दिए ।

कार्यक्रममा नेकपा (एमाले) रंगेली नगर कमिटी सदस्य तथा विभिन्न वडा कमिटीका अध्यक्ष तथा सचिवहरु र रंगेली नगरपालिकाको ९ वटै वडाबाट सयौँको संख्यामा दलितसमुदायको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

संशोधन विधेयक संविधानको अंग बनोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं, ३१ जेठ-संशोधन विधेयक संविधानको अंग बनोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा समावेश गर्न ल्याइएको...

मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

काठमाडौं, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा...

५० प्रतिशतभन्दा बढी कोरोना संक्रमित निको भए

काठमाडौं, २७ असार-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा थप ४३१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका बताए...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा ह्वीलचेयर वितरण

विराटनगर, १० साउन । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले ह्वीलचेयर वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि सहायक सामाग्री ह्वीलचेयर वितरण गरेको हो...

नेप्से ५० अंकले बढ्दा १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित

शेयरबजारमा साताको पहिलो दिन आइतबार नै नेप्से सूचक ५० अंकको उछाल आउँदा एकै दिन १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित बनेका छन् । हरियाली बनेको बजारले सो कम्पनीको शेयरमूल्य बढाउँदा लगानीकर्ता खुसी भएका हुन् ।...

प्रदेश २ मा ५० वटा भेन्टिलेटर र २ वटा पीसीआर थप्न निर्देशन

कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेश २ भरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री लालबाबु राउत संयोजकत्वको निर्देशक समितिले आज सो निर्देशन...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित पाँच क्लबद्वारा सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोमका विषयमा सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित पाँच क्लब मिलेर सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोमका विषयमा सचेतना मुलक कार्यक्रम आयोजना गरेका छन् । रोटरी क्लब अफ डाउनटाउन विराटनगर र यसका अन्य पाँच होस्ट क्लबहरू आरसी...

विराटनगरमा महायज्ञ मंगबलारदेखि सुरु हुने

विराटनगर । श्री शिव महापुराण ज्ञान महायज्ञ मंगलबारदेखि सुरु हुने भएको छ । श्री सिद्धेश्वर महादेव सेवा समिति विराटनगर ३ हलेसी टोलको आयोजनामा महायज्ञ सुरु हुने भएको हो ।फागुन ६ देखि १४ गतेसम्म संचालन हुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्