‘कुष्ठ रोग श्रापले होइन किटाणुले हो’

 न्यूज विराट
‘कुष्ठ रोग श्रापले होइन किटाणुले हो’

विराटनगर,५ असोज : कुष्ठ रोग श्राप र पुरानो कर्मबाट नभई किटाणुबाट लाग्ने भएकोले यसको उपचारबाट निको हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

शरीरको छालामा देखा परेको दाग र गिर्खालाई चलाउँदा नचिलाउँने र थाहा नपाउने भएमा कुष्ठ रोग हुन सक्ने भएकोले अविलम्व चिकित्सकसँग सम्पर्क गर्न आज यहाँ आग्रह गरिएको छ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित कुष्ठ रोग तथा हात्तीपाइले रोग सम्बन्धी पत्रहरुसँगको अन्तरक्रियामा आँखाले देख्न नसकिले ‘माइकोव्याक्टेरियम लेप्रे’ नामको सुक्षम किटाणुबाट लाग्ने कुष्ठ रोग कम सर्ने सरुवा रोग भएकोले समयमा औषधि सेवन नगरे बिरामी अङ्गभङ्ग हुने गर्दछन् ।

यो रोग सरेको दुई वषदेखि पाँच बर्षभित्र यसको चिन्ह र लक्षण देखापर्ने हुनाका साथै कुष्ठरोगी बिरामीसँग सम्पर्कमा आउने व्यक्त्तिलाई श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्ने सम्भावना रहेको कार्यालयका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिनु भयो । यो रोग औषधिको सेवनबाट ९९ दशमलव ९७ प्रतिशत निको हुने मानव जातिमा लाग्ने पुरानो रोग हो । औषधि सेवनबाट ठिक नभएका ४५ जना कुष्ठ रोगीलाई आनन्द वन अस्पताल टिकाभैरव काठमाण्डौमा थप उपचार भैरहेको अधिकृत राजवंशीले जानकारी दिनु भयो ।

मोरङ जिल्लामा आर्थिक वर्ष २०७७।७८ मा १३१ कुष्ठ रोगी देखा परेका छन् जसमध्ये विराटनगरमा ५१, कटहरीमा–चार, बेलबारीमा पाँच, रंगेलीमा आठ, पथरीशनिश्चरेमा चार, रतुवामाईमा आठ, सुनबर्षीमा छ, उर्लाबारीमा छ, सुन्दरहरैचामा सात , वुढीगंगामा एक, धनपालथानमा छ , ग्रामथानमा एक, जहदामा चार र कानेपाखरीमा पाँच जना रहेका छन् ।

सम्बन्धित समाचार

संघीय संसदका प्रवक्ता पाण्डे कोरोना संक्रमणमुक्त

काठमाडाैं, २९ साउन-संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे कोरोना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् । उनलाई २२ साउनमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । पछिल्लाे परीक्षणमा आफ्नो रिपाेर्ट नेगेटिभ आएको उनले बताए...

आज थप १ हजार २०२ जनामा कोरोना पुष्टि, संक्रमणमुक्त हुने दर ७०.६ प्रतिशत

काठमाडौं, २७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

विराटनगरमा २५ संक्रमित थपिए, संक्रमितको संख्या ४६७ पुग्यो

विराटनगर, ३१ साउन–समुदायस्तरमा तिब्ररुपले कोरोना संक्रमण फैलँदै गएको विराटनगरमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार विहान थप २५ जनामा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरु...

तरुण दललाई सक्रिय बनाउदै भोला

विराटनगर । नेपाली काग्रेसका युवा नेता प्रकाश मण्डल (भोला) ले वडा स्तरमा तरुणदललाई सक्रिय बनाउन लागेका छन्। प्रदेश राजधानी विराटनगरमा अन्यदलका भातृसंगठनहरु निस्किृय भएको बेला युवा नेता भोलाले तरुल दललाई वडा स्तरमा सक्रिय बनाउन लागेका...

कानुनले बाटो देखाउने हो, डर होइन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको भन्दै असन्तुष्टि जनाएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले...

बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

विराटनगर, २१ पुस-मोरङको बेलबारी–२ लालभित्तीस्थित रमितेडाँडा आन्तरिक पर्यटनका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित रमितेडाँडामा वनभोज खान पुग्नेहरुको घुइँचो लाग्न थालेको छ । लालभित्ती चोकबाट करिब २...

दीपेन्द्रले हिर्काए पहिलो एकदिवसीय शतक

दीपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । शनिबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् । ऐरीले १ सय ३६ बलमा १०० रन पूरा गरे । त्यसक्रममा उनले...

बजेट यथार्थपरक छ, कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

विराटनगर, २ असार । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको दाबी गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको भेटमा मन्त्री आङ्बुहाङले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्