रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा प्याड वेन्डिङ्ग मेसिन र फिल्टर जडान

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा प्याड वेन्डिङ्ग मेसिन र फिल्टर जडान

विराटनगर, ५ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मोरङको जहदास्थित एक सामुदायीक विद्यालयमा अध्ययनरत छात्राहरुको सुविधाका लागि प्याड वेन्डिङ्ग मेसिन जडान गरेको छ ।

विद्यालयमा अध्ययनरत छात्राहरुको सुविधाका लागि क्लबले जहदा गाउँपालिका—२ मझारेस्थित जनता माध्यामिक विद्यालयमा प्याड वेन्डिङ्ग मेसिन जडान गरेको हो । डाउन टाउनले मेसिनका लागि ५० थान प्याड उपलब्ध गराएको थियो ।

विद्यालयमा अध्ययनका क्रममा महिनावारी हुने समस्याका कारण सो भेगका बालिका विद्यालय अध्ययनका लागि आउन छाडेका थिए । सोही समस्याका कारण धेरै बालिकाले स्कुल छाड्ने गरेका कारण क्लबले प्याड वेन्डिङ्ग मेसिन जडान गरेको हो ।

बालिकालाई विद्यालयमा पढ्न कुनै अवरोध र समस्या नहोस् र पठन पाठन नियमित होस भनेर प्याड वेन्डिङ्ग मेसिन जडान गरिएको क्लबकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् ।

सो मेसिन क्लबकी अध्यक्ष जैनले सहयोग गरेकी हुन् । क्लबले कोरोना माहमारीको समयमा संक्रमणको जोखिमलाई पनि बेवास्ता गर्दै सामाजिक कार्यहरु गर्दै आएको छ । क्लबले कोरोना माहमारीको जोखिममा पनि सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ ।

त्यस्तै क्लबले स्वच्छ खोनेपानीका लागि सोही गाउँपालिका दुई स्वास्थ्य चौकीलाई फिल्टर समेत हस्तान्तर गरेको छ । क्लबले जहदा गाउँपालिका—२ हरिनगरा र जहदा गाउँपालिका—३ बभनटोली स्थित स्वास्थ्य चौकीमा वाटर फिल्डर हस्तान्तरण गरेको हो ।

सो फिल्टरहरुबाट हजारौँ स्थानीयवासीले किटाणुरहित स्वच्छ पानी पिउन पाउनेछन् । दुवै कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैन, सचिव अनु सारडा, जनसम्पर्क अधिकारी मञ्जु अग्रवाल, रोटरियन सुगन्धा तोदी लगायतका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

नेकपा प्रवक्ता भन्छन् : पार्टी संवेदनशील मोडमा छ, ओलीजीले बैठकमा आएर निष्कर्ष दिनुहोला

नेकपाका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी संवेदनशील मोडमा पुगेको बताएका छन् । बुधबारको सचिवालय बैठकपछि संचारकर्मीहरूसँग कुराकानीका क्रममा पार्टी गम्भीर मोडमा रहेकोले आगामी बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने अपेक्षा र...

नेपालसँग तत्काल वार्ता गर्न भारत अनिच्छुक

काठमाडौं, २ असार-कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ। त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न...

मृगौला पीडितलाई सहयोग गर्न २ मगर संघको आग्रह

पथरी– मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न २ संघले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ नगर समितिले आग्रह गरेको...

यसरी बनेको थियो संखुवासभाको सामूहिक हत्या योजना

काठमाडौं, असोज ४। संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामुहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धान गर्न १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूण...

सहमतिको प्रयासस्वरूव बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा बसेका छन् । आगमी असार २४ गते ११ बजेसम्मका लागि जारी स्थायी समिति...

भारततर्फ लाँदै गरेको ६० लिटर अवैध घरेलु मदिरा बरामद

सप्तरी , बैशाख २८–सप्तरीमा पछिल्लो समय अवैध घरेलु मदिरा भारत तर्फ तस्करी हुने गरेको पाइएको छ । सप्तरीका विभिन्न सीमा नाकामा बन्दाबन्दीको मौका छोपी अवैध मदिरा भारत तर्फ ओसार पसार गर्ने गरेको पाइएको हो ।...

नेकपा सचिवालय बैठक सकियो, छलफल प्रधानमन्त्रीकै राजीनामा केन्द्रित

काठमाडौं, ३ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।नेकपालभित्र देखिएका समस्याबारे छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले निश्चित एजेन्डा नभए...

कोशी प्रदेश : भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथग्रहण सर्यो, आज पाँच बजे गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सत्ता गठबन्धनदल भित्र भागबन्डा मिलाउनको लागि सारिएको छ । यसअघि आज १० बजे हुने भनिएको शपथग्रहण कार्यक्रम आज साझ ५ बजेसम्का लागि सारिएको हो । थापालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्