आईपिएलः मुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

 न्यूज विराट
आईपिएलः मुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

एजेन्सी, ४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स समान १२ अंक जोडेको चेन्नाइ रनरेटका आधारमा शीर्ग स्थानमा उक्लेको छ ।

दुबइमा भएको खेलमा चेन्नाइले दिएको १५७ रनको लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । मनो तिवारीले अविजित ५० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

बलिङमा चेन्नाइका लागि ड्वाने ब्राभोले ३, दिपक चाहरले २ तथा जोस हेजलउड र शार्दुल ठाकुरले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिलेब्याटिङ गरेको चेन्नाइले ओपनर रुतुराज गाइकवार्डको अविजित ८८ रन मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

२४ रनमै ४ विकेट गुमाउनुका साथै अम्बाते राएडुसमेत रिटार्ड हर्ट भएपछि गाइकवाडले पाँचौ विकेटका लागि रवीन्द्र जडेजासँग ८१ रनको साझेदारी गरेका थिए । जडेजा २६ रन बनाएर आउट भए । त्यसपछि गाइकवाड र ड्वाने ब्राभोले छैटौं विकेटका लागि अविजित ३९ रनको साझेदारी गरे ।

गाइकवाडले ५८ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित ८८ रन योगदान गरे । ब्राभोले ८ बल खेल्दै अविजित २३ रन बनाउने क्रममा ३ छक्का प्रहार गरे । बलिङमा मुम्बइका ट्रेन्ट बोल्ड, एडम मिल्ने र जसप्रित बुमराहले २–२ विकेट लिए ।

सम्बन्धित समाचार

सिद्धबाबा प्रकरण :आरोपित गिरीको बयान सकियो, थुनछेक बहस आइतबार

विराटनगर, पुस ११–अनुयायी महिलालाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आज बयान लिइएको छ । गिरीको बयान लिए पनि कार्यालय समय सकिएकाले थुनछेक बहस भने आइतबारका लागि तोकिएको छ । सरकारी वकिलमार्फत अदालतमा अभियोग...

दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० शिशु जन्माइन्, विश्व रेकर्ड कायम

एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० वटा शिशुलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकी ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी...

अग्नी नियन्त्रक र चालक सम्मानित

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अग्नी नियन्त्रक र चालकलाई सम्मान गरेको छ । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा अग्नी नियन्त्रक रमेश मेहता, प्रकाश कोइराला र...

ढुकुटीमा प्रयाप्त भुक्तानी मौज्दात छ, बजेट खर्च गर्न समस्या हुँदैन : मुख्यमन्त्री राई

विराटनगर, ९ साउन । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै...

इडेनबर्ग कलेजमा नवआगन्तुक विद्यार्थीको स्वागत

विराटनगर । विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले शनिबार एक विशेष कार्यक्रमको आयोजना गर्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत र स्नातक विद्यार्थीलाई बिदाई गरेको छ ।२०६६ सालमा स्थापना भएको यस कलेजमा हाल १ हजार ३६५ जना विद्यार्थी अध्ययनरत...

२३४ केजी गाँजासहित पाँच जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले ठूलो परिमाणमा गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले रंगेलीले २ सय ३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो । रंगेली नगरपालिका २ चेका खोला स्थित गहुँबारीमा...

बन्द-हड्ताल रोक्न निजी क्षेत्रको माग

काठमाडौं, २१ माघ-निजी क्षेत्रका तीन प्रतिनिधिमुलक संस्थाले बन्द-हड्तालका कार्यक्रममा विरोध जनाएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बुधबार संयुक्त विज्ञप्ति जारी गरी बन्द- हड्ताल लगायतका राजनीतिक गतिविधि रोकेर...

विराटनगरको बिकेभीएम स्कुलका तीन विद्यार्थीले ल्याए ४ जीपीए, नेपाल प्रथम भएको दाबी

विराटनगर । विराटनगरको बिकेभीए स्कुलका तीन जनाले विद्याथीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपए ल्याएका छन् । बिहीबार प्रकाशित भएको नतिजा अनुसार बिकेभीए स्कुलका दुग्रेस खड्का, प्रियसु राउत र स्र्पश पोखरेलले चार जिपीए ल्याएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्