
बुद्धोदय सहकारीद्धारा राहत कोषबाट एक लाख वितरण
विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यको परिवारलाई मृत्यु राहत कोषबाट राहत रकम एक लाख रुपैयाँ वितरण गरेको छ ।सेयर सदस्य बुढीगंगा गाउँपालिका – १ की...
काठमाडौं, २९ भदौ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका राजधानीका सङ्ग्रहालय खुल्न थालेका छन् । राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय र हनुमानढोका दरबार सङ्ग्रहालय स्वास्थ्य मापदण्डपालना गरी खुला गरिएको हो । सङ्ग्रहालय खुला गरेसँगै अवलोकनकर्ताको भीड लागेको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । मङ्गलबार भने आधा दिन खुला गरिने गरेको सङ्ग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले जानकारी दिए ।
हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ । दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ । दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा अवलोकनका लागि खुला गरिएको छ ।
हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन । महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दिप खनालले जानकारी दिए ।
महानगरले पैसा नदिएपछि सङ्ग्रहालयले पनि टिकट काट्न सुरु गरेको छ । सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले रु ३०० र नेपालीले रु ३० को टिकट काट्नुपर्छ । महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको रु एक हजार शुल्क विदेशीसँग लिने गरेको छ ।
विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यको परिवारलाई मृत्यु राहत कोषबाट राहत रकम एक लाख रुपैयाँ वितरण गरेको छ ।सेयर सदस्य बुढीगंगा गाउँपालिका – १ की...
सत्ताघटक नेपाली कांग्रेसका नेताहरूले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, गुरुराज घिमिरे, गोविन्द पोखरेल लगायतले अर्थमन्त्रीबाट शर्मालाई हटाउन प्रधानमन्त्री देउवालाई चर्काे...
सिन्धुलीकोकमलामाई नगरपालिकाले हालसम्म ३ सय घरपरिवारलाई राहत प्रदान गरेको छ ।लकडाउनका कारण समस्यामा परेका घरपरिवारको पहिचान गरी राहत वितरण गरिएको हो । नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार लकडाउन अवधिमा आफ्नो श्रम व्यवसाय नचली दैनिक गुजारा...
विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको “ मानिस र ग्रहका लागि पेडल“ नामक अभियान श्रृंखलारूपमा, जेठ ५ र ६ को सप्ताहन्तमा विभिन्न एसियाली...
काठमाडौं महानगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो ।...
विराटनगर । मोरङको सुन्दरहरैंचामा विद्युत् ट्रान्सफर्मर चोरीको घटना सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको छ । गत बुधबार राति चोरको समूहले सुन्दरहरैंचा जोगियारेस्थित ट्रान्सफर्मर नै चोरेर लगेपछि यो घटना सार्वजनिक चासोमा आएको हो ।प्रहरीका अनुसार चोरले...
मकवानपुर, ४ असार-भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका-६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौंडा-काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ । भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई...
काठमाडौं- मौद्रिक नीतिमार्फत घरजग्गा र सेयरधितो कर्जामा थप कडाई गर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक पुगेको छ। जसका कारण सेयर बजार र घरजग्गा व्यवसायीका लागि आजदेखि सुरु भएको आर्थिक वर्ष पनि फलदायी नहुने देखिएकाे छ। नेपाल...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.