श्रीकृष्ण जन्माष्टमी मनाइँदै, यस्ताे छ धार्मिक महत्व

 न्यूज विराट
श्रीकृष्ण जन्माष्टमी मनाइँदै, यस्ताे छ धार्मिक महत्व

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज (साेमबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेकाे पौराणिक मान्यता छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने जनाइएको छ ।

ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वक पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष पूजा आराधना मात्र गर्ने गरी तयारी भएको छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि यस वर्ष प्रभावित भएको छ ।

यस पर्वका अवसरमा विगत वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’  पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचaलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । यस अवसरमा विभिन्न विद्यालयले बालबालिकालाई श्रीकृष्णका रूपमा सिँगारेर यो पर्व मनाउने गरेकामा शैक्षिक संस्था बन्द रहेकाले यसपटक त्यस्तो कार्यक्रम छैन ।

सम्बन्धित समाचार

अपाङ्गता भएका व्यक्तिलाई समावेश गराउनुपर्नेमा जोड

बावुराम मुडियारीविराटनगर । अपाङ्गतमा भएका व्यक्तिहरूलाई राज्यको हरेक निकायमा समावेश गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।नेत्रहीन युवा संघ नेपाल मोरङले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । राज्यले बनाउने...

कोरोना महामारीः भारतमा एकैदिन साढे ८ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

एजेन्सी, चैत २९-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । शुक्रबार एकैदिन ८७५ थपिएसँगै भारतमा संक्रमितको संख्या साढे ७ हजार नाघेको हो । वर्ल्डमीटर इन्फोका अनुसार भारतमा शुक्रबार एकैदिन थपिएको...

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

पाकिस्तानमा लकडाउनको अवधि थप

एजेन्सी, बैशाख १३-पाकिस्तानमा लागू गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नुपरेको सरकारी अधिकारीहरूले बताएका छन् । पाकिस्तानी सरकारले आगामी ९ मेसम्मका लागि लकडाउन लागू भइरहने...

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने घोषणा

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । कार्तिक १७ गते राती जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भुकम्पबाट...

राप्रपाको चुनावी प्रक्रिया आज, अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै

काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्र...

सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

विराटनगर, जेठ २२–इटहरी रसुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो। प्रेस युनियन सुनसरीका सभापति...

कांग्रेसका तीन नेताको बैठक : सरकार विस्तार नगरेकोमा सभापतिको आलोचना, ध्यानाकर्षण गराउने निर्णय

नेपाली कांग्रेसका शीर्ष तीन नेताहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सरकार विस्तारमा दबाब दिने निर्णय गरेका छन् । नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहको बैठकले सरकार विस्तार नगरेकोप्रति सभापतिको आलोचना गर्दै मन्त्रिपरिषद्लाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्