प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

 न्यूज विराट
प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

विराटनगर, ११ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६३, लेटाङमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, कानेपोखरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २८, शिवसताक्षी र दमकमा १४–१४ दमकमा १३, मेचीनगरमा ११, अर्जुनधारामा ८, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बा¥हदशीमा २–२, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ३४, इटहरीमा १२, रामधुनीमा ३, इनरुवामा २, बराहक्षेत्र र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, सुर्योदय र मांसेबुङमा १–१, पाँचथरको फिदिम र फालेलुङमा १–१, खोटाङको खोटेहाङ, उदयपुरको चौदण्डीगढी र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२६ महिला र २६५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा १८ सहित प्रदेश १ मा १४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

विराटनगर, २२ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

मायादेवी मन्दिरमा दैनिक पूजा

रूपन्देही, २१ वैशाख-गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ । लुम्बिनी विकास कोषका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका भिक्षुुले दैनिक...

च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्टस विजयी

एजेन्सी, २० कात्तिक-च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले जीत हात पारेका छन् । समूह जी अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डाइनामो किभलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा...

आइपीएल अक्सनमा नेपालबाट सन्दीपसहित ८ खेलाडीको नाम पठाइयो

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ को संस्करणको अक्सनमा नेपालबाट ८ खेलाडीको नाम सिफारिस गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी १८ फेब्रुअरीदेखि चेन्नइमा हुने आइपीएलको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम सिफारिस गरेको हो ।...

लेखा परीक्षणमा विश्‍वसनियता आवश्‍यक : अर्थमन्त्री खतिवडा

काठमाडौं, २१ साउन-अर्थमन्त्री डा. युवराज खतिवडाले लेखा परीक्षणमा थप विश्‍वसनीयताको आवश्‍यक रहेको बताएका छन् । अडिटर्स एसोसिएसनको स्थापना दिवसका क्रममा आयजित कार्यक्रममा खतिवडाले लेखा मापदण्ड, रिपोर्टिङ प्रणाली र अन्तिम लेखापरीक्षणको विश्वसनीयतामा सरकारले ध्यान दिइरहेको बताए...

जुम्लामा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु

सुर्खेत, २३ जेठ-जुम्लामा बिहीबार राती क्वारेन्टाइनमा बसेका १ वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपी ढुस्का माध्यमिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।...

मोरङको धनपालथानमा कांग्रेस–एमालेबिच कडा टक्कर, झिनो मतले कांग्रेसको अग्रता

मोरङको धनपालथान गाउँपालिकामा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच कडा टक्कर भएको छ । हालसम्म कुल ४०० मत गणना हुदा नेपाली कांग्रेसले झिनो मत अन्तरले अग्रता लिएको हो । नेपाली कांग्रेसबाट अध्यक्ष पदका...

झा दम्पती बेपत्ता प्रकरण : छिटो छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

महोत्तरीका वृद्ध दम्पती आफ्नो कोठाबाटै रहस्यमय ढंगले बेपत्ता भएको घटनाको यथाशिघ्र छानबिन गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सो घटनाको वास्तविक सत्यतथ्य छानबिन गर्न माग गर्दै मैथिल ब्राह्मण महासभा युवा कार्य समिति मोरङले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्