कुलमानविरुद्ध दायर मुद्दाको सुनुवाइ आज

 न्यूज विराट
कुलमानविरुद्ध दायर मुद्दाको सुनुवाइ आज

काठमाडौं, ८ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै छ।

प्राधिकरणका पूर्व निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो।भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो।

शाक्यले साउन ३२ गते वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको थियो । सरकारले शाक्यको स्थानमा कुलमानलाई नियुक्त गर्नु गैरकानुनी भएको उहाँको जिकिर छ।

शाक्यको रिट निवेदनमा आफ्नो सहमति बेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उहाँले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जिकिर गर्नुभएको छ।

उहाँले आफ्नो कार्य सम्पादन सम्झौतामा राजीनामा गरेको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने जिकिर गर्नुभएको छ ।

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। साउन २७ मा नियुक्तिपत्र बुझे लगत्तै घिसिङले सोही दिन पदबहाली गर्नूभएको थियो ।

सम्बन्धित समाचार

शान्ति सुरक्षामा कटिबद्ध : प्रजिअ यादव

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले शान्ति सुरक्षा कायम गर्दै विकास निमार्णमा सहजिकरण गरेर अगाडी बढने बताएका छन् । मोरङ सरुवा भएर आएपछि बिहीबार संचारकर्मीहरू परिचयत्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले...

विराटनगरमा पहिलो पटक ट्राफिक लाइट संचालनमा , दुर्घटना न्यूनिकरण हुने अपेक्षा

विराटनगर । विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । विराटनगरको बरगाछी चोकमा जडान गरिएको ट्राफिक लाइट औपचारिक कार्यक्रम आयोजना गरी सोमबारदेखि संचालनमा ल्याएको हो । उक्त लाइटको उद्घाटन आन्तरिक मामिला तथा कानुन...

बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको ३ वर्षपछि उद्धार

चितवन, २१ साउन-३ वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो ।  चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार...

९ पटक मुद्दा खेपिसकेका राई डेढ किलो गाँजासहित पक्राउ

विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जिवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको...

निजी विद्यालयहरुले शुल्क बढाउन नपाउने विराटनगर महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष...

विष र करेन्टका कारण लोप हुँदै असला माछा

धनगढी, ३२ जेठ-कैलालीको सीमाक्षेत्रका थप ५ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएकाे छ । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएकाे हाे । जिल्लामा अब बीओपीको सङ्ख्या ९ पुगेको सशस्त्र प्रहरी...

थप २ सय १३ जनामा काेराेना, संक्रमितकाे संख्या ३ हजार ४ सय ४८

काठमाडाैं, २५ जेठ-आइतबार २ सय १३ जना कोरोना संक्रमति थपिएका छन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २ सय ९ जना पुरूष र ४ जना महिला संक्रमित थपिएको बताएका हुन्...

मन्त्री राजभण्डारीविरुद्धको अवहेलना मुद्दाको सुनवाइ आज आउँदै

विराटनगर । काेशि प्रदेशका सामाजिक विकास मन्त्री बुद्विकुमार राजभण्डारीविरुद्धको अदालतको अवहेलना मुद्दामा आज न्यायाधीशद्वाेय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्‍ताको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ ।  मंगलबार अधिवक्ता उद्वबचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबू थपलियाले उच्च...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्