डेन्टल एसोसिएसन मोरङमा डा. प्रेक्षा दली र महासचिवमा डाक्टर मिरा आचार्य निर्वाचित

 न्यूज विराट
डेन्टल एसोसिएसन मोरङमा डा. प्रेक्षा दली र महासचिवमा डाक्टर मिरा आचार्य निर्वाचित

विराटनगर, ५ भदौ । डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा दली निर्वाचित भएकी छिन् । डा. प्रेक्षा गोलाप्रथाद्वारा निर्वाचित भएकी हुन् ।

विराटनगरमा शनिबार सम्पन्न भएको निर्वाचनमा डा. प्रेक्षा र उनकी प्रतिस्पर्धी डा. नुतन नौलाखे समान २४÷२४ मत ल्याएकी थिइन् । एसोसिएसनमा ५० जना सदस्य भएपनि ४८ मत खसेको थियो ।

दुई जना सदस्य उपस्थित भएनन् । डा. प्रेक्षा रडा. नुतनले समान २४÷२४ मत पाएपछि अध्यक्ष गोला प्रथाबाट निर्वाचन गर्ने निर्वाचन समितिले निर्णय गरेको थियो । सोही अनुसार डा. प्रेक्षा गोलाप्रथाबाट नेपाल डेन्टल एसोसिएसन मोरङको दुई वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएकी हुन् ।

यसअघि सर्वसम्मतबाट एसोसिएसनको नयाँ नेतृत्व चयन हँुदै आएको थियो । अन्य पदमा सर्वसम्मत रूपमा पदाधिकारी र कार्यसमिति चयन भएपनि अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । अहिलेसम्मको इतिहासमा नेपाल डेन्टल एसोसिएसन मोरङमा निर्वाचनको पद्धतिबाट अध्यक्ष निर्वाचन गरेको पहिलो पटक हो ।

एसोसिएसनको उपाध्यक्षमा डा. बिवेक सिंह, महासचिवमा डा. मिरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सह–सचिबमा डा. विशालराज जोशी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरू डा. प्राचि भगत, डा. निलेश कुमार देव, डा. अमिन कुमार सिंह र डा. आदित्य साह पनि सर्वसम्म रूपमा चयन भएका छन् ।

सबैलाई समेटर अगाडि बढ्छु :डा. प्रेक्षा दली

नेपाल डेन्टल एसोसिएसन मोरङको नवनिर्वाचित अध्यक्ष डा. प्रेक्षा दलीले सबै डेन्टल चिकित्सकहरूलाई समेटर अगाडि बढ्ने बताइन् । उनले नयाँ सदस्य विस्तार गर्दै चिकित्सकहरूको हकहितमा आफू लाग्ने बताइन् ।

‘लामो इतिहास बोकेको नेपाल डेन्टल एसोसिएसन रहेको छ । अहिलेसम्म समाजमा परिचित हुन सकेको छैन,’ डा. प्रेक्षाले भनिन्, ‘नेतृत्वमा आएको छु । सम्पूर्ण डेन्टल चिकित्सकहरूको हकहितमा सँधै लाग्छु,’ उनले भनिन् ।

डा. प्रेक्षाले सचेतना अभियान पनि संचालन गर्ने बताइन् । ‘अहिले पनि डेन्टलमा आएका जुनियर डाक्टरहरु छन् । उनीहरूलाई एसोसिएसनमा ल्याउन पहल र प्रयत्न गर्नेछु,’ उनले भनिन्, ‘नयाँ पुस्ताका डाक्टरहरूलाई पनि मोटिभेट गरेर यस संघमा ल्याउन पहल र प्रयत्न गर्नेेछु ।’

डा. प्रेक्षा यसअघि पनि एसोसिएसनको कोषाध्यक्ष भइसकेकी छिन् । उनको कार्यकालमा पनि एसोसिएसनमा राम्रो काम भएको डेन्टलका चिकित्सकहरू बताउँछन्

सम्बन्धित समाचार

नेकपा स्थायी समिति बैठक सर्‍यो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमीटिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सकिएको हो । आजको बैठकमा आफू उपस्थित हुन नसके पनि ओलीले...

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध सक्रिय भएको भन्दै नेता नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल...

विराटनगरमा भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालन

विराटनगर । विराटनगर – ९ स्थित श्री भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालनमा आएको छ । विराटनगरका तीन जना युवाले उक्त कन्सल्टेन्सी बिहीबार एक कार्यक्रमको आयोजना गरी संचालनमा ल्याएका हुन् । कन्सल्टेन्सीको उद्घाटन कोशी प्रदेश सभा सदस्य...

प्रचण्ड–नेपालसँग छलफलपछि बालुवाटारमा ओली पक्षको बैठक

काठमाडौं, १ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद मिलाउन जुटेका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेपाल माधव नेपालबीचको छलफल सकारात्मक नभएपछि ओलीले बालुवाटारमा निकटस्थसँग छलफल थालेका छन् । ६ पटकसम्म अध्यक्षद्वयबीच...

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकाएर शीर्ष नेताले जवाफ दिने

काठमाडौं, १६ असोज । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुँदैछ । विभिन्न...

विश्वभर ५८ लाख संक्रमितले जिते कोरोना, अमेरिकामा मात्रै ११ लाखभन्दा बढी निको भए

काठमाडाैं, १७ असार-संसारभर झण्डै ५८ लाख जनाले कोरोना भाइरस (कोभिड(१९)लाई जितेका छन् । १ करोड ५८ लाखभन्दा बढी संक्रमितमध्ये ५७ लाख ९५ हजार जना निको भएका हुन् । संक्रमितमध्ये ५ लाख १३ हजारभन्दा बढीको मृत्यु...

६ दिनमै कोरोना जितेर घर फर्किइन् भक्तपुरकी संक्रमित जनप्रतिनिधि

भक्तपुर, १६ जेठ-कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । ६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि...

नेपालसँग सीमाबारे वार्ता गर्न भारतको शर्त

काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ । भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्