बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो : ओली

 न्यूज विराट
बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो : ओली

काठमाडौं, ३ भदौ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिरी शक्तिले एमाले छोड्न बाध्य पारेको बताएका छन् । एमाले फुटेपछि दिएको पहिलो अन्तर्वार्तामा उनले नेपालसँग आफूले बारम्बार भेट्न खोज्दा पनि नमानेको गुनासोसमेत गरे ।

भिडियो अन्तर्वार्तामा ओलीले भने, ‘मलाई अहंकार देखायो भन्छन् । तर मैले माधव नेपाललाई भेटौं भन्दा पनि मानेनन् । कम्तीमा दुई वर्ष भयो होला, मलाई एकपटक पनि फोन गरेका छैनन् । जहिले पनि मैले नै फोन गरेर कुरा गरिराख्या छु । उनले यहाँ भेट्दिन, त्यहाँ भेट्दिनँ भन्दा म आफैं भनेको ठाउँमा गएको छु ।’ ओलीले माधव नेपाललाई एमालेबाट चुँडाउन बाहिर तागत नै लागेको टिप्पणी गरे ।

‘चुम्बकका दुईवटा पोलजस्ता शक्तिहरु एकै ठाउँमा ल्याइएको छ, कसरी ? त्योभन्दा बलबान शक्ति भयो भने लैजाने हो । जस्तै बन्धन भए पनि चुँडाउन सक्ने गरी तागत लाग्यो भने लैजाने हो । एमालेबाट चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लागेन होला ।’

ओलीले एमाले विभाजित भएको नभएर चोइटिएको बताए । पार्टीबाट केही व्यक्तिहरु बाहिरिनुलाई विभाजन भन्न नमिल्ने उनको भनाइ छ ।
उनले एमालेलाई हात्तिको संज्ञा दिँदै अलिअलि दुब्लाउँदैमा फरक नपर्ने टिप्पणी गरे ।

‘हात्ति दुब्लायो भने पनि त्यसको वजन कति घट्छ ? त्यसको सिमा हुन्छ । हात्ति हात्ति हो बाख्रा बाख्रा हो । अरु पार्टीले आफ्नो हैसियत के बनाएका छन् त्यो हेर्नुपर्छ,’ ओलीले भने ।

सम्बन्धित समाचार

भाेलिदेखि सपिङ मलहरू खाेल्दै व्यवसायी

काठमाडाैं, ३२ जेठ-१ असारदेखि काठमाडौंका सपिङ मलहरू खुल्ने भएका छन् । आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टरलगायतका मलहरू सञ्चालन गर्ने तयारी व्यवसायीले गरेका हुन् । लकडाउन लम्बिदै...

कर अशुल्नुनै सवैकुरा होइनः सांसद मण्डल

विराटनगर, जेठ २३–पूर्वमन्त्री तथा नेकपाका सांसद शिवकुमार मण्डलले कर अशुल्नुनै सवैकुरा नभएको बताएका छन् । सरकारले सवै प्रकारका कर तिर्न म्याद तोकेर निर्देशन जारी गरेकोप्रती लक्षित गर्दै सांसद मण्डले यस्तो बताएका हुन् । उनले बन्दाबन्दीका...

चालक अनुमतिपत्रको अनलाइन फाराम भर्न प्राविधिक समस्या

काठमाडौं, २१ पुस-चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेकाले छिट्टै सञ्चालनमा...

विराटनगर ६३ सहित प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

विराटनगर, १६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

अनाधिकृत रुपमा अनलाईन गेमिङ खेलाउने कल्सल्टेन्सी संचालक सहित ४ जना पक्राउ

अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। पक्राउ पर्नेहरुमा दमक-८ मा रहेको पद्मा...

मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब पाचौँ बर्षमा

विराटनगर । मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब चौथो वर्ष पार गर्दै पाचौँ बर्षमा प्रवेश गरेको छ। २०७५ साल असार २० गते जिल्ला प्रशासन कार्यालय मोरङ बाट दर्ता भइ निरन्तर सामाजिक कार्य , खेलकुद एवं...

२४ घण्टामा कोरोनाबाट ११ को मृत्यु

काठमाडौं, १० भदौ-बुधबार नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा २ महिला र ९ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर...

विराट मेडिकल कलेजमा ३७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु 

मोरङ, ५ असोज-ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए ।  उच्च रक्तचाप र  कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्