मौद्रिक नीति : कोरोना प्रभावित व्यवसायलाई विशेष सम्बोधन, शेयर धितो यथावत

 न्यूज विराट
मौद्रिक नीति : कोरोना प्रभावित व्यवसायलाई विशेष सम्बोधन, शेयर धितो यथावत

काठमाडौं, साउन २९ । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ । यस्तै कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मत–सम्भारका लागि थप दुई लाख रुपैयाँसम्मको ऋण दिने व्यवस्था गरिएको छ । स्थिर विनिमय दरको व्यवस्था, वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाइएको छ भने ब्याजदर करिडोर, ब्याजदर स्थायित्व कामय हुने गरी व्यवस्थापन गरिएको छ ।

यस्तै विप्रेषण बैंक तथा वित्तीय संस्थामा राखेको अवस्थामा थप ब्याज पाउने नयाँ व्यवस्था नीतिमा गरिएको छ । गभर्नर अधिकारीका अनुसार विप्रेषण रकम (रेमिट्यान्स) बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा अहिले पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ । नेपाल नीतिमा शेयर धितोमा कर्जाको धितो अनुपात यथावत कायम गरिएको छ । यसमा मार्जिन धितो कर्जा एक व्याक्ति वा संस्थाले अधिकतम् ४ करोड र अधिकतम १२ करोडसम्म लिन पाउनेछन् ।

त्यस्तै कारोनाको कारणले थला परेको पर्यटन क्षेत्रका लागि मौद्रिक नीतिले मल्हम लगाएको छ । पर्यटन क्षेत्रका होटल, हवाई र ट्राभललगायतका क्षेत्रलाई हर्जना नलाग्ने व्यवस्था गरेको छ । यस्तै कोरोनाका कारण अतिप्रभावित क्षेत्रका व्यवसायीले बैंकको ऋण तिर्न नसक्दा हर्जना नलाग्ने भएको छ ।

 

सम्बन्धित समाचार

विराटनगरको खाद्यान्य गोदाममा प्रहरीको छापा, भन्सार छलीगरि अवैधरुपमा भण्डारण गरेको खाद्य सामाग्री बरामद

विराटनगर, २५ जेठ । विराटनगर – ११ केसलिया रोडमा श्याम सुन्दर रौनियारले संचालन गरेको खाद्यान्नको गोदाममा प्रहरीले छापा मारेको छ । मङ्गलवार दिउँसो छापा हानेर भन्सार छली गरेको खाद्यान्नको सामाग्री बरामद गरेको हो । हिजो...

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई...

औषधि तथा बिक्रि प्रतिनिधि संघद्धारा अभिमुखिकरण सम्पन्न

विराटनगर । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिराटनगर ईकाईले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । संघले औषधि प्रतिनिधि एमआर पेशासंग...

अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालयपरिसरमा बुधबार अक्षरारम्भ र चित्रकला प्रर्दशनी कार्यक्रम आयोजना गरिएको हो ।कक्षा यूकेजी देखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरुले...

देउवाले उद्घाटन गरेको पतञ्जली टीभीमा विभागको छापा

सूचना तथा प्रशारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणको लागि टोली पठाएको पुष्टि गरे । हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निणर्य लिइने बताए । अनुगमन टोलीले...

नेकपा सचिवालय बैठक मंगलवार बस्दै

काठमाडौं, १५ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चलिरहेको माथापच्ची चर्किरहेका बेला यसलाई समाधान गर्न भोलि मंगलबार सचिवालय बैठक बस्ने भएको छ । केही दिनदेखि नेकपाभित्र एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...

प्रदेश १ मा २७ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर, १८ साउन–प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २...

खागले टोकेर ६ जना घाइते

गोरखा, ११ वैशाख-गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर ६ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्